शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्मार्ट टेलिकमको लाइसेन्स नविकरणको तयारी

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
स्मार्ट टेलिकमको लाइसेन्स नविकरणको तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमको लाइसेन्स नविकरणको तयारी थालेको छ ।

स्मार्टले राज्यलाई अरबौं रुपैयाँ शुल्क तिर्नुपर्ने दायित्व छ । उसले लाइसेन्स नवीकरण, फ्रिक्वेन्सी दस्तुर, रोयल्टी, जरिवानालगायतको शुल्क गरी सरकारलाई करिब २६ अर्ब रुपियाँ तिर्नुपर्ने छ ।

मुलुक आर्थिक रुपमा ठूलो संकटमा छ । यस्तो अवस्थामा सरकारले नै निजी मोबाइल सेवाप्रदायक कम्पनीलाई पोस्नेगरि कदम चाल्न लागेको स्रोतको दाबी छ ।

यही चैत्र मसान्तसम्म कम्पनीको लाइसेन्स अवधि छ । स्मार्टले नेपाल दूरसञ्चार प्राधिकरणलाई पुरानो बक्यौताबापत ६ अर्ब रुपैयाँ, नवीकरण शुल्क र जरिवानावापत करिब २० अर्ब रुपियाँ राजस्व तिर्नुपर्ने छ ।

प्राधिकरणले भने उक्त कम्पनीलाई कुनैपनि किसिमको छुट नदिनेगरि खारेजीको लागि सिफारिश गरेको थियो । स्मार्टका लगानीकर्ता सतिशलाल आचार्यको समूहले राज्यलाई गुमराहमा राख्न खोजेकोछ । यसअघि प्राधिकरणले सो कम्पनीको लाईसेन्स शर्तसहित नविकरण गरेको भएपनि यसपटक भने कुनै पनि उन्मुक्ति नदिने अडान लिएको थियो । तर, सरकारले नै लाइसेन्स नविकरणको लागि पहलकदमी लिएपछि यसका लगानीकर्ता भने छाती फुलाएर हिँड्न थालेको चर्चा सिंहदरबारभित्र छ ।

प्राधिकरणले २०७६ साउन १३ मा नै उक्त टेलिकमको लाइसेन्स खारेज गरिदिएको थियो । त्यतिवेला सरकारको नेतृत्वमा तत्कालिन नेकपाका अध्यक्ष केपी शर्मा ओली थिए । अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल त्यतिवेला नेकपाको अर्को अध्यक्ष थिए । तर, ओली सरकारले पाँच महिनापनि बित्न नपाउँदै आफ्नो निर्णय उल्टाएको थियो । तर, पुुस २१ मा मन्त्रिपरिषद्ले आफ्नो पूर्व निर्णयविपरित पाँच किस्तामा बक्यौता भुक्तानी गर्ने भन्दै खारेजीबाट जोगाएको थियो ।

स्मार्ट टेलिकममा लालसाहु होल्डिङको ५० प्रतिशत, कोस्भो इन्भेस्टमेन्टको ३० प्रतिशत र स्क्वायर नेटवर्क प्रालिको २० प्रतिशत सेयर स्वामित्व रहेको छ । अहिले प्रधानमन्त्री प्रचण्डले सुशासनको नारा दिएका छन् । आफू कुनैपनि हालतमा देश र जनताको हितमा खरो उत्रिने बताउँदै आएका दाहाल यो कम्पनीको बारेमा लिईने निर्णयले पनि उनको परीक्षा हुने चर्चा हुन थालेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकमा नै स्मार्टको बारेमा छलफल अघि बढेको बताईएको छ । साेमबारकै बैठकमा कुनै निर्णय नभएपनि यसबारेमा स्मार्टलाई नै राहत हुनेगरि निर्णय हुन लागेको एक मन्त्रीले संकेत गरेका छन् ।

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

५ घण्टा अगाडि
नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक