काठमाडौं । नेपाली कांग्रेस र गोविन्दराज जोशी समूहबीच भएको सम्वाद विना निष्कर्ष टुंगिएको छ । जोशीका छोरा दीपक कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न सोमबार बिहान धुम्बाराहीमा पुगेका थिए ।
जोशीलाई कांग्रेसमा सम्मानजनक स्थान हुनुपर्ने र तनहुँको कमिटीमा आफ्नो समूहलाई ३३ प्रतिशत उपस्थिति गराउनुपर्नेमा जोशीको माग थियो ।
‘०४६ यता छोडेर गएका सबैलाई कांग्रेसमा ल्याउनुपर्छ, बुबाको पनि तेस्रो स्थानमा हुनुहुन्थ्यो, त्योभन्दा माथि जानुप¥यो भन्ने छ,’ जोशीले भने, ‘उहाँहरुको इन्ट्रेष्ट चाहिँ चुनावको छेउमा टालटुल गरेर एउटा केही दिउँ भन्ने देखियो ।’
देउवाले अरु मागमा चासो देखाएनन्, जोशीलाई केन्द्रीय सदस्य बनाउने संकेत गरेका थिए । त्यसमा आफूहरु सहमत नभएको भन्दै दीपकराज जोशीले भने, ‘अब हामी आफ्नो ढंगले अगाडि बढौं, आफ्नो वक्तव्य दिन्छौं ।’