एजेन्सी । धेरै व्यक्ति वर्षभरि नै कुनै न कुनै प्रकारले व्रत बसिरहेका हुन्छन् । व्रत बस्दा गर्मी मौसममा शरीरमा पानीको कमी हुने समस्या धेरै देखिन्छ । किनकी यो मौसममा शरीरमा पानीको धेरै आवस्यकता पर्दछ ।
आउनुहोस् जानौं त्यसबेला के पिउने भन्नेबारे :
- व्रतको बेला आफूलाई हाइड्रेट बनाइरहन पानी बाहेक तपाईं नरिवलको पानी पिउन सक्नुहुन्छ ।
- त्यस्तै काँक्राको जुस पनि एकदमै फाइदाजनक हुन्छ । यसले शरीरलाई सितल बनाउनका साथै डिहाइड्रेशनको समस्या हुन दिँदैन ।
- त्यस्तै मौसमी फल तरबुजाको जुस पनि एउटा उत्तम विकल्प हुन सक्छ व्रत बसेको बेला पिउनका लागि ।
- सुन्तलाको जुसमा भिटामिन सी भरपूर मात्रामा पाइन्छ । यसले तपाईंको रोग प्रतिरोधात्मक क्षमता समेत बढाउँछ । साथै शरीरलाई हाइड्रेट बनाइराख्छ ।
- त्यस्तै तपाईं दुधमा केरा मिसाएर ‘बनाना मिल्क सेक’ बनाएर पिउन सक्नुहुन्छ । यसले तपाईंको भोक समेत मेटाउनेछ । दिनभर काम गर्नका लागि ऊर्जा दिन्छ ।
- काजुलाई मसिनो गरी पिसेर दुधमा मिसाएर पिउँदा पनि यसले लामो समय भोक नियन्त्रण गर्नुका साथै शरीरलाई हाइड्रेट राख्छ ।