सोम, असार ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

राजनीतिक आवरणमा अपराधकर्मले संरक्षण पाइरहेको छ !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
राजनीतिक आवरणमा अपराधकर्मले संरक्षण पाइरहेको छ !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–प्रीति रमण,

संघीय राजधानी काठमाडौंमा अहिले मधेसका स्थानीय आएर आन्दोलन गरिरहेका छन् । आन्दोलन गर्नुको कारण हो, मिटरब्याज । मिटरब्याजका कारण आफ्नो घरखेत नै गुमाउनुपर्ने अवस्था आएपछि कानुन निर्माण र कारबाहीको माग गर्दै पीडितहरु केन्द्र सरकारलाई नै गुहार्न काठमाडौं आइपुगेका हुन् । तर, यस्ता मिटरब्याजमा गाउँमा ठूलाठालू भनिएका र अझ नेताहरु नै संलग्न हुने गरेको पाइएको छ ।
हालै सार्वजनिक भएको एउटा घटनालाई हेरौं– चर्को दरमा ब्याज असुलेको र धरौटीबापत राखिएको जग्गा फिर्ता नगरेको आरोपमा सप्तरीको विष्णुपुर गाउँपालिका–७ का सुरेन्द्रप्रसाद शर्मालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले राजविराज–७ स्थित घरबाटै उनलाई नियन्त्रणमा लिएको हो । शर्मा जनमत पार्टीका पूर्व जिल्ला इन्चार्जसँगै हाल केन्द्रीय सदस्य समेत हुन् । उनीमाथि इलाका प्रहरी कार्यालय कल्याणपुरमा आपराधिक विश्वासघात र ठगी मुद्दामा जाहेरी परेको र अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि नियन्त्रणमा लिइएको हो । मिटरब्याजमा मुद्दा चलाउने कुनै कानुन नभएपछि आपराधिक विश्वासघात र ठगीमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
यो त एउटा उदाहरण मात्र हो, यस्ता थुप्रै स्थानीय नेताहरु मिटरब्याजमा संलग्न छन् । जो शक्तिमा पहुँच र राजनीतिक संरक्षणको कारण कारबाहीबाट बच्दै आएका छन् । यही कारण यस्ता मिटरब्याज लिने पीडकहरुलाई कारबाहीको माग गर्दै अहिले महोत्तरीको बर्दिबासबाट पैदल यात्रा गर्दै ठूलो समूह काठमाडौं आइपुगेर आन्दोलनरत छ । ११ दिनको पैदलयात्रापछि गत साता महोत्तरी बर्दिबासबाट हिँडेर काठमाडौं आएका पीडितहरूसँग सरकारले शनिबार सहमति गरेको थियो । तर त्यो अपूर्ण भएको उनीहरुका भनाइ छ । तराईका ८ सहित १६ जिल्लाबाट ४ सय ७० भन्दा बढी मिटरब्याजपीडितहरू सोमबार काठमाडौं आइपुगेका हुन् । उदयपुर, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, तनहुँ, नवलपरासी, दाङ, कैलालीलगायत जिल्लाबाट मिटरब्याजपीडितहरू आन्दोलनमा सहभागी छन् ।
यसअघि गत असोज १ मा पनि गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिबीच ५ बुँदे सहमति भएको थियो । सहमतिपछि माइतीघरमा जारी साढे १ महिना लामो आन्दोलन स्थगित भएको थियो । सहमतिअनुसार सरकारले काम नगरेको भन्दै पीडितहरू पुनः आन्दोलित भएका हुन् । यसैबीच, आन्दोलनरत मिटरब्याज पीडित संघर्ष समिति र सरकारबीच पाँचबुँदे सहमति भएको छ । सरकारी टोलीबाट गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला र संघर्ष समितिका तर्फबाट संयोजक मनोज पासमानको वार्ता टोलीले मन्त्रिपरिषद्बाट जाँचबुझ आयोग ऐन २०२६ अनुसार आयोग गठन गर्न सिफारिस गर्ने सहमति भएको हो ।
सहमति भएपछिको पहिलो मन्त्रिपरिषद् बैठकबाट आयोग गठनको निर्णय भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता गर्ने सहमति भएको वार्तापछि जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै, पीडितका तर्फबाट नियमित रूपमा आउने उजुरीलाई सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नेपाल प्रहरी, सरकारी वकिल, मालपोत, नापी कार्यालयका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र मिटरब्याजपीडितको प्रतिनिधित्व हुने गरी जिल्ला स्तरीय समन्वय समिति गठन गर्न सरकारसमक्ष सिफारिस गर्ने सहमति पनि भएको विज्ञप्तिमा उल्लेख छ । दुवै पक्षबीच मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको गत भदौ २७ को प्रतिवेदनमा भएका सिफारिसको शीघ्र र प्रभावकारी कार्यान्वयनका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने सहमति पनि भएको छ ।
सरकारले मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । सोमबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तमराज सुवेदी र पूर्व नायब महान्यायाधिवक्ता गणेशबाबु अर्याल रहेको आयोग गठन गरेको हो । समितिलाई मिटरब्याज पीडितहरूको समस्या समाधान हुने गरी ठोस र व्यवहारिक प्रतिवेदन तयार पार्नका लागि ३ महिनाको समय दिइएको छ । बैठकले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि गठित उच्चस्तरीय आयोगको कार्यालय मधेश प्रदेशको राजधानी जनकपुरमै राख्ने निर्णय पनि गरेको छ । सरकारबाट अहिले देखाइएको तदारुकता स्वागतयोग्य भए पनि यो सम्झौता पहिलेको जस्तो नहोस् भन्नेतर्फ ध्यान पु¥याउन जरुरी छ ।- जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

शब्दमा अल्मलिएका नेताहरु देशको जिम्मेवारीमा कसरी पुगे ?

शब्दमा अल्मलिएका नेताहरु देशको जिम्मेवारीमा कसरी पुगे ?

२ वर्ष अगाडि
न्याय माग्ने जनतामाथि पञ्चायतीशैलीको प्रहरी दमन किन ?

न्याय माग्ने जनतामाथि पञ्चायतीशैलीको प्रहरी दमन किन ?

२ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

अझै मानव तस्करहरु डराएको छैन : सांसद सुमना श्रेष्ठ

खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

सोमारी महोत्सवमा कलाकारसँग विभेद

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक