शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

नेपाली राष्ट्रिय महिला टिमले भियतनामसँग पहिलो पटक प्रतिस्पर्धा गर्दै

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
नेपाली राष्ट्रिय महिला टिमले भियतनामसँग पहिलो पटक प्रतिस्पर्धा गर्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमले बुधबार भियतनामसँग पहिलो पटक प्रतिस्पर्धा गर्दैछ। एसियाली वुमेन्स ओलम्पिक छनोट समूह ‘सी’को दुबै खेल नेपालमा आयोजना हुँदा पहिलो खेलमा दशरथ रंगशालामा नेपाल इतिहासकै बलियो टिमसँग भिड्न लागेको हो।

फिफा वरीयतामा भियतनाम ३३ औँ स्थानमा रहँदा नेपाल भने १०० औँ स्थानमा छ। नेपाल आफूभन्दा ६७ स्थान माथिको टिमसँग प्रतिस्पर्धा गर्दैगर्दा एउटा नयाँ इतिहास बनाउने प्रयासमा हुनेछ। नेपालले सन् १९८६ देखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थाले पनि भियतनामसँग पहिलो पटक भिड्दा यो स्तरको बलियो टिमसँगको नेपालको पहिलो भेटका रुपमा रहने छ।

भियतनामसँगको भेटअघिको प्रि–म्याच प्रेस कन्फ्रेन्समा नेपाली टिमका प्रशिक्षक अन्नतराज थापाले वरीयताले भियतनाममाथि रहे पनि आफ्नो टिमको क्षमतामा विश्वास रहेको भन्दै नतिजा आफ्नो पक्षमा पार्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘भियतनाम विश्वकप खेल्न लागेको टिम हो। बलियो विपक्षी टिम हो। तर हामीसँग विशेष तयारी र राम्रा खेलाडी छन्। त्यसैले हामी राम्रो नतिजा निकाल्ने विश्वासमा छौँ।’ उनले बलियो टिमविरुद्ध खेल्दा फाइदा हुने भन्दै भियतनामविरुद्ध आफ्नो क्षमता देखाउने अवसर नेपाललाई रहेको बताए।

दुई खेलको निर्णयका आधारमा शीर्ष स्थानमा रहने टिम अघिल्लो चरणमा प्रवेश गर्नेछ। चार टिम सहभागिता रहेको समूह भए पनि दुई टिम प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएकाले नेपाल र भियतनामबीच मात्र खेल हुन लागेको हो।

छनोटअगाडि भियतनामी टिमका प्रशिक्षक माइ चुङले नेपाली टिमले पछिल्लो समय राम्रो प्रदर्शन गरेको भन्दै सम्मान गर्ने बताए। उनले भने, ‘हामीले नेपालले खेलेका पछिल्ला केही खेल हेरेका छौँ र हामी नेपाललाई बलियो प्रतिद्वन्द्वी मान्छौँ।’ यस्तै, भियतनामी टिमका कप्तान ह्युन न्ह्युले पनि नेपालविरुद्ध सतर्क भएर खेल्ने बताइन्।

उनी पोर्चुगलमा व्यावसायिक फुटबल खेल्छिन् र भियतनामी महिला फुटबलकी सबैभन्दा ठूलो स्टार हुन्। नेपाली टिमकी कप्तान एन्जिला सुब्बाले भियतनाम फिफा वरीयता धेरै माथि रहे पनि बलिया टिमलाई हराएको अनुभव नेपालसँग भएकाले आफूहरु वरीयताभन्दा मैदानमा छिरेपछि जित्नका लागि प्रयास गर्ने बताइन्।

यो पनि पढ्नुहोस्

बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा

बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा

२ घण्टा अगाडि
अत्तरियामा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु

अत्तरियामा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

नेपाललाई हिन्दुराष्ट् बनाउने भारतको कसरत

आज चार समितिकाे बैठक बस्दै

सांसदहरुलाई फेरि बजेट ? अदालतको अवहेलना हो कि हैन ?

सुनको मूल्य वृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक