जनकपुरधाम – अनलाइन ठगीको कारोवारमा संलग्न २३ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पिडारी चोकस्थित बर्गर हाउसको छेउबाट सोमबार साँझ पक्राउ गरेको हो।
पिडारी चोकमा एउटा फ्ल्याट भाडामा लिएर उनीहरुले अनलाइन ठगीको काम गरिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए।
पक्राउ पर्नेमा १४ पुरुष र ९ जना महिला छन्। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान जारी रहेकाले विस्तृत विवरण पछि सार्वजनिक गरिने धनुषा प्रहरीले जनाएको छ।