वीरगञ्ज – बारा क्षेत्र नम्बर २ मा अगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीका लागि यतिबेला जनमत पार्टीका अध्यक्ष सिके राउत बारामा छन्। उनले आइतबार बारा–२ का जनतासँग भेटघाट गरेका छन्।मतदातासँग भेटघाट गर्न बारा आएका राउतले सो क्षेत्रमा पर्ने महागढीमाई नगरपालिकाका विभिन्न वडाका सर्वसाधारणसँग भेटघाट गरेका हुन्।
उनी उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार रहेका शिवचन्द्र कुशवाहालाई पनि साथमा लिएर मतदाताको खेतसम्म पुगेका थिए। मतदाता भेट्न खेतसम्म राउतसँगै पुगेका कुशवाहाले आफू जनमत पार्टीबाट उम्मेदवार रहेको जानकारी मतदाताहरुलाई गराइरहेका थिए।
उपनिर्वाचनमा उम्मेदवार बन्न लामो समयदेखि ओवादीमा रहेका कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका हुन्।
वैशाख २ गते हुने उपनिर्वाचनका लागि बारामा चुनावी माहोल तात्न थालेको छ। बारा–२ मा जनता समाजवादी पार्टीको तर्फबाट अध्यक्ष उपेन्द्र यादव चुनावमा लड्ने भएका छन्। रास्वपाबाट पूर्व डिआइजी रमेश खरेल उम्मेदवार रहेका छन्।