काठमाडौं । स्याङ्जामा घर भएर केहि समयदेखि काठमाडौंको चक्रपथ स्थित चप्पल कारखाना नजिक बस्दै आएकी अमृता गिरी एक छोरा र एक छोरी सहित बेपत्ता भएकी छन ।
२४ वर्षिय गिरी आफ्ना २ वर्षका छोरा अमन र ७ वर्षकी छोरी खुसी सहित यहि चैत्र १२ गतेदेखि बेपत्ता भएकी हुन । २०७२ सालमा स्याङ्जाको ज्यग्दीका मनोज गिरि सगँ विवाह गरेपछि उनिहरुले काठमाडौंको चक्रपथ स्थित चप्पल कारखाना नजिकै दुध डेरी सञ्चालन गर्दै आएका थिए ।
उनका श्रीमान्ले घरमा कुनै किसिमको झैझगडा पनि नभएको बताएका छन । उनलाई कसैले कहिँ कतै देखे नजिकका प्रहरी कार्यालय तथा निम्न नम्बरमा सम्पर्क गर्न पनि परिवारजनले अनुरोध गरेका छन । श्रीमान मनोज गिरी ः ९८०३७०५९०३ र ९८४६३४१८८७