काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि हृयाप्पी आवर्स योजना सार्वजनिक गरेको छ ।
यो योजनाअन्र्तगत बैंकका ग्राहकहरुले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन ।
बैंकले मोबाइल बैंकिङ्ग एप्लिकेशन– ग्लोबल स्मार्ट प्लसबाट तथा क्यूआरमार्फत गरिने भुक्तानी प्रकृयालाई प्रवर्द्धन गर्नका लागि यो क्यासब्याक योजना सार्वजनिक गरेको हो ।
यस हृयाप्पी आवर्स योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा ग्राहकहरुले क्यासब्याक पाउनेछन । २०७९ साल चैत्र १९ देखि २०८० वैशाख १६ गतेसम्म दिन विशेष रुपमा चल्ने यस योजनामा प्रति ग्राहक दिनको पहिलो भुक्तानी÷ कारोबार प्रति दिन एक कारेबारको मात्र क्यासब्याकका लागि योग्य हुनेछ ।
यस योजनाअन्तर्गत निम्नानुसार क्यासब्याक उपलब्ध हुनेछ ।
यो योजनाअन्तर्गत आइतबार बेलुका ७ देखि १० सम्म मोबाइल डाटा चलाउन डाटा प्याक खरिद गर्दा २० प्रतिशतसम्म (अधिकतम रु. १००) क्यासब्याक पाउनेछन । यसैगरि, सोमबार बेलुका ७ देखि १० सम्म टिभिको बिल भुक्तानीमा पैसा तिर्दा २० प्रतिशतसम्म (अधिकतम रु. १००) क्यासब्याक पाउनेछन । त्यस्तै, मंगलबार बेलुका ७ देखि १० सम्म इन्टरनेटको बिल तिर्दा २० प्रतिशतसम्म (अधिकतम रु. १००) क्यासब्याक पाउनेछन । एव्म रितले, बुधबार बेलुका ७ देखि १० सम्म हवाईजहाजको टिकट खरिद गर्दा २० प्रतिशतसम्म (अधिकतम रु. २००) क्यासब्याक पाउनेछन । अन्त्तह, शनिबार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म केबलकारको टिकट खरिद गर्दा २० प्रतिशतसम्म (अधिकतम रु. २००) क्यासब्याक पाउनेछन ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरुमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।