काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वैशाख १० मा हुने उपनिर्वाचनका लागि तीनै क्षेत्रमा उम्मेदवार तय गरेको छ।
आइतबार बसेको राप्रपाको संसदीय समितिको बैठकले तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीबलाल पुरी र बारा–२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।राप्रपाले कसैसँग तालमेल नगरी एक्लै निर्वाचन लड्ने निर्णय गर्दै उम्मेदवार तय गरेको श्रेष्ठले जनाए ।