काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालले कोशी प्रदेशको नामबाट पछि हटेकाे छ ।
आइतबार अध्यक्ष उपेन्द्र यादवले आन्तरिक सर्कुलरमार्फत तत्कालका लागि उक्त प्रदेशको नाम प्रदेश नं १ हुने र पछि नाम परिवर्तन भएमा उक्त परिवर्तित नामलाई प्रयोग गरिने जनाएकाे साे पार्टीकाे प्रचार विभागद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएकाे छ।
प्रेस विज्ञप्ति जारी गरी जनताले प्रदेश नं १ मा उठाएको पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्दछ भन्ने मागलाई यथोचित रुपमा सम्बोधन गर्न गराउन सरकारसँग जोडदार माग गरिएको आधिकारिक धारणा सबैलाई जानकारी गराइएको कुरा समेत परिपत्रमा उल्लेख छ ।
वि.सं. २०७९ चैत १ गते जारी परिपत्रमा संयोगवश प्रदेश १ को नाम कोशी प्रदेश शब्द पर्न गएको भन्दै पार्टीले उक्त नाम सच्च्याएको हो।