काठमाडौं । तिलगंगा आँखा अस्पतालको टोलीले अफ्रिकी मुलुक घानाको कोफोरिडुवास्थित पूर्वी क्षेत्रीय अस्पतालमा आँखा शिविर सञ्चालन गरेर ५ सय ८० जना स्थानीय सर्वसाधारणको आँखाको मोतीविन्दु शल्यक्रिया गरेको छ ।
नेत्र चिकित्सक डा.सन्दुक रुइतको नेतृत्वमा अफ्रिका पुगेको टोलीमा विगत वर्षहरूमा घानाबाट तिलगंगामा आँखा उपचारको तालिम लिन आएका स्थानीय डाक्टरसमेतको सहभागिता थियो । अन्तर्राष्ट्रिय तहमा आँखा उपचारको अभियान चलाउन दुई वर्षअघि स्थापित ‘तेज कोहली एन्ड रुइत फाउन्डेसन’ का तर्फबाट नि:शुल्क रुपमा शिविर सञ्चालन गरिएको ,फाउन्डेसनका समन्वयकर्ता पंकज थापाले बताए ।