आइत, जेष्ठ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कमलमणि अभिनित फिल्म ‘बहाव’ आगामी चैत २४ गते रिलिज हुँदै

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
कमलमणि अभिनित फिल्म ‘बहाव’ आगामी चैत २४ गते रिलिज हुँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अभिनेता कमलमणि नेपाल अभिनयमा उम्दा कलाकार हुन् भन्दा फरक नपर्ला । उनी हरेक चरित्रमा फिट छन् । कमलमणि अभिनित फिल्म ‘बहाव’ आगामी चैत २४ गतेबाट रिलिज हुँदैछ । फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ ।

फिल्ममा उनले अभिनेत्री सुरक्षा पन्तका पिता केदार रेग्मीको भूमिकामा अभिनय गरेका छन् । कमलमणिका अनुसार उनले फिल्ममा समाजमा आम मानिसले देखेको चरित्र निर्वाह गरेका छन् । ‘मेरो चरित्र हरेक परिवार र छरछिमेकमा छ । फिल्ममा पुरानो सोचलाई अगाडि बढाउने र आफ्नो विचारबाहेक अरुको विचार सुन्न नचाहने चरित्र निभाएको छु’, उनी भन्छन् ।

उनको बुझाईमा ‘बहाव’ समाजको यथार्थ कथा हो, जहाँ सबैका आ–आफ्ना विचार र आ–आफ्नो स्वतन्त्रा हुन्छ । ‘केही मान्छे आफ्नो विचार र उद्देश्यका लागि स्वतन्त्र हुन खोज्छन् । तर समाजको परम्परागत मूल्य अनुसार चल्न खोज्ने मानिस पनि उत्तिकै छन्’, कमलमणि भन्छन्, ‘बहावले स्वतन्त्र भएर हिँड्न खोज्ने विचार भएका मान्छेलाई कसरी परम्परागत शैलीमा लैजानुपर्छ भन्ने कुरा उठान गरेको छ । फिल्मले परिवार, छरछिमेक र देशमा अन्तरजातीय विवाहलाई मान्छेले हेर्ने दृष्टिकोण के हो भन्ने कुरालाई नयाँ शैलीमा देखाउने कोशिस गरेको छ ।’
कमलमणिका अनुसार फिल्मले विचारको लडाइँ लड्ने र विचारलाई दबाउने गरी दुई पाटोलाई प्रस्तुत गरेको छ । उनले दुई पाटोबीच कसरी अन्तरद्वन्द्व चल्छ भन्ने दर्शकले फिल्ममा देखाइने बताए ।

कमलमणि निर्देशक प्रमोदको कामबाट प्रभावित रहेछन् । ‘उहाँले मेथड एक्टिङको प्रयोग गर्नुभएको छ । मैले नेपाली फिल्म उद्योगमा यतिका वर्ष काम गर्दा पनि मैले उहाँको शैलीमा काम गरेको थिइनँ’ कमलमणि भन्छन्, ‘चितवनमा वर्कसप गर्दा निर्देशकले हामीलाई खुला छोडिदिनुभएको यिथो । स्क्रिप्टमा जे छ त्यो हुनुपर्छ भन्ने थिएन । आफैंले विश्लेषण गरेर थिम बनाउन सकिन्छ भन्ने निर्देशकको बुझाई थियो ।’

कमलमणिका अनुसार वर्कसपमा उठान भएका राम्रा कुरालाई कलाकारको टिमले सूचीकृत गरेका थिए । उनीहरुले वर्कसपमा जुन दृश्यको तयारी गरेका थिए, सुटिङमा त्यही दृश्यलाई त्यसरी नै प्रस्तुत गरे । ‘हामीले दृश्यमा इम्प्रोभाइज गरेनौं । निर्देशकले जे चाहेको हो, त्यो लिनुहुन्थ्यो । दृश्य लिने मामलामा उहाँ अलिक कडा हुनुहुन्थ्यो’, कमलमणि सम्झन्छन् ।

कमलमणिका लागि ‘बहाव’मा काम गर्दाका दुई दृश्य जिन्दगीभरका लागि स्मरणीय बनेको रहेछ । ‘फिल्ममा सुरक्षा र उसको भाईको एउटा दृश्य छ । भाईलाई सुरक्षाले आफ्ना कुरा सुनाएपछि भाईले आएर मलाई त्यो कुरा भन्छ । त्यो अवस्थामा म आक्रोशित हुनुपर्छ’, कमलमणि भन्छन्, ‘तर त्यो आक्रोश ममाथि अनायासै आउँछ । किनकी मैले जे कुरा गर्न चाहेको हुन्छु, त्यो भन्दा म फरक रुपमा प्रस्तुत हुन्छु । त्यो कसरी ममा आयो भन्ने कुरा आफैं छक्क परें ।’

अर्को दृश्यले भने कमलमणिसँगै फिल्ममा क्यामरा पछाडि काम गर्ने प्राविधिकलाई पनि रुवाएको रहेछ । ‘त्यो दृश्यमा म छोरीलाई कति माया गर्छु भन्ने देखाइएको छ । मैले छोरीलाई जति माया गरे पनि उसले मेरो मायालाई नबुझेको र मेरो निर्णयलाई नसुनेको दृश्य छ’, उनी भन्छन्, ‘त्यो यति भावुक दृश्य छ कि अहिले सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ । मैले त्यो दृश्यमा अभिनय गरिरहँदा फिल्मका अन्य सदस्यहरु क्यामरा पछाडि बसेर रोइरहनुभएको थियो । त्यो क्षण सम्झँदा म अहिले पनि भावुक हुन्छु ।’

‘जिज्ञासा, विचार र यथार्थ’ विषयवस्तु बोकेको फिल्म स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको व्यानरमा निर्माण भएको हो । फिल्मका निर्माता श्रीधर पौडेल हुन् । उनले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए ।
फिल्ममा सुरक्षा र कमलमणिसँगै अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ ।

यो पनि पढ्नुहोस्

भीमबहादुर रावललाई माकेमा जोडिन आग्रह

भीमबहादुर रावललाई माकेमा जोडिन आग्रह

२ घण्टा अगाडि
सिंगो  कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न आवश्यक : अध्यक्ष नेपाल

जननेता मदन भण्डारीको योगदान अतुलनीय

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

प्रतिनिधि सभाको बैठक आज बस्ने

सिंगो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न आवश्यक : अध्यक्ष नेपाल

न्यूनतम तलबमान ४० हजार तबलमान निर्धारण गर्न आग्रह

भीमबहादुर रावललाई माकेमा जोडिन आग्रह

जननेता मदन भण्डारीको योगदान अतुलनीय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक