एजेन्सी । पूर्वी कङ्गोबाट बुरुन्डीमा शरणार्थी बनेकाको खाद्यान्नमा आधाले कटौती हुने भएको छ ।
भोलि अप्रिल एकदेखि खाद्यान्न सहायता रासन आधा कटौती गरिने विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले घोषणा गरेको छ । झण्डै ५६ हजार कङ्गोली शरणार्थी बुरुन्डीका पाँच वटा शिविरमा छन् ।
उनीहरुको खाद्य आवश्यकताको लागि कोषको कमीको कारण आधा मात्र सहयोग जाने संयुक्त राष्ट्रसङ्घीय निकाय विश्व खाद्य कार्यक्रमले भनेको छ । विश्व बैंकले बुरुन्डीलाई प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको आधारमा विश्वको सबैभन्दा गरिब देशको सूचीमा राखेको छ ।
डब्ल्यूएफपीका अनुसार अहिलेसम्म उसले हरेक शरणार्थीलाई दैनिक दुई हजार एक सय किलोग्राम क्यालोरीको आवश्यकता पूरा गर्न शून्य दशमलव ५५ अमेरिकी डलर बराबरको नगद वा खाना प्रदान गरेको छ ।
डब्ल्यूएफपीका बुरुन्डी प्रतिनिधि हुसेनो तालका अनुसार आउँदो छ महिनाका लागि ५६ हजार शरणार्थीलाई पूर्ण रासन खुवाउन तत्काल ७१ लाख अमेरिकी डलरको आवश्यकता छ । रुस–युक्रेन युद्धका कारण डब्ल्यूएफपीले आर्थिक अभाव र खाद्यान्नको बढ्दो मूल्यको सामना गरिरहेको छ ।
यसै कारण डब्ल्यूएफपीले बङ्लादेशमा रहेका रोहिङ्ग्या शरणार्थीका लागि खाद्यान्न कटौती गरिसकेको छ।