काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले तीन मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेको छ।
संस्थापन इतर गुटको नेतृत्व गरिरहेका शेखर समूहले शुक्रबार छलफल गर्दै आफूहरुले मागेको तीन मन्त्रालय नपाए सरकारमा जाने मन्त्रीको नाम नदिने निर्णय गरेको हो। सो समूहका एक नेताले भने, ‘हामीले सम्मानजनक सहभागिता हुनुपर्छ भनेर भनेका छौं।
सम्मानजनक सहभागिता हुँदैन भने सरकारबाहिरै बस्ने हो।’ कांग्रेसले पाएको ८ मन्त्रालयमा देउवाले शेखर समूहबाट दुई जना मन्त्री बनाउने तयारी गरेका छन्।
शेखर समूहबाट उपसभापति धनराज गुरुङ् र ढिग बहादुर लिम्बूलाई मन्त्री बनाउने तयारी गरेका हुन्। तर, शेखर समूहले ३ मन्त्रालय पाउनुपर्ने अडान राखेका छन्।