शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एसयुटीले यस्ताे तथ्य पत्ता लगायाे

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
एसयुटीले यस्ताे तथ्य पत्ता लगायाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हरेक मानिस २४ घण्टामा भिन्न –भिन्न समयमा ऊर्जाले भरपुर हुन्छन् । कसैलाई बिहानै काम गर्न मन पर्छ त कोही अबेर राती राम्रोसँग काम गर्छन् । तर मध्याह्न एउटा यस्तो समय हो जसमा धेरैजसो मानिस थोकेको वा उदास महसुस गर्छन् । वैज्ञानिकलाई विश्वास गर्ने हो भने दिनको कुनै पनि समयमा ऊर्जा घट्दा विभिन्न सङ्केत दिने गर्छ । यो बाइपोलर डिसअर्डर पनि हुनसक्छ वा शरीरमा ग्लुकोजको कमी पनि ।

मेलबर्नको स्विनबर्न युनिभर्सिटी अफ टेक्नोलोजीले (एसयुटी) ले ऊर्जाको स्तर घट्ने र दिमागबीच सिधा सम्बन्धबारे पत्ता लगाएका छन् । यो शोधको नतिजा टाइम अफ डे डिफरेन्सेस इन न्युरल रिवार्ड फङ्सनिङ् नामको जर्नल अफ न्युरोसाइन्समा छापिएको छ । सेप्टेम्बर सन् २०१७ मा छापिएको शोध अनुसार दिमागको न्युरल पाथवे सधैँ तारिफको खोजीमा रहन्छ । हामीलाई कसैले कुनै कामको लागि तारिफ गर्छन् भने हाम्रो न्युरल पाथवे सक्रिय हुन्छ र दिमागलाई बुस्ट गर्छ । यसले सेरोटोनिन हर्मोन बन्ने गर्छ, यसलाई ह्याप्पी हर्मोन पनि भनिन्छ । यसले विभिन्न खालका इलेकट्रिकल र केमिकल सिग्नल दिन्छ जसले दिमागलाई लामो समयसम्म सक्रिय राख्छ ।

वैज्ञानिकले यसलाई रिवार्ड सर्किट भन्ने गर्छन् । धेरैजसो मध्याह्नको समयमा यो सर्किट कमजोर हुन थाल्छ । बिहानदेखि काम गरिरहेका मानिस थाक्न थाल्छन् र दिउँसोको खाजा खाएपछि सुस्ताउने मुडमा आउँछन् । कतिपय अवस्थामा मानिसहरू मध्यान्हको समयमा भोको रहन्छन् त्यसैले पनि उनीहरू एक–अर्काको तारिफ गर्दैनन् । मध्यान्हमा कुनै मिटिङ भयो भने बोसले धेरैजसो असन्तुष्टि मात्रै पोखिरहेका हुन्छन् वा उनी थाकेको देखिन्छन् । CG सर्केडियन रिदम पनि मध्याह्नको उदासीको एउटा कारण हो । यो एक प्रकारको बडी क्लब हो जसले हाम्रो २४ घण्टामाथि निगरानी राख्छ । यसमा हाम्रो सुत्ने–उठ्ने, खान पिन पनि समावेश छ । यदि थुप्रै दिनसम्म हामी राती राम्रोसँग सुत्न सक्दैनौँ भने हाम्रो सर्केडियन रिदम डिस्टर्ब हुन्छ । यसको असर मध्याह्नमा सबैभन्दा बढी देखिन्छ जब प्रकाश बढेर कम हुन थाल्छ ।

शोधका अनुसार मध्याह्नमा यदि हामीले इनाम पायौँ भने उदासी घट्नेछ । यो इनाम कसैबाट पाएको तारिफ हुनसक्छ वा असाध्यै मिठो खाना हुनसक्छ । धेरै मानिसहरू दिउँसोको समयमा अचानक चटपटा वा कार्ब्सले भरपुर खाना खान निस्कन्छन् । यो इशारा हो कि रिवार्ड सर्किट कमजोर भइरहेको छ । मन परेको खानाले त्यसमा राहत दिन्छ । २४ घण्टामा पनि मुडमा थुप्रै पटक उतार–चढाव आउँछ । यही ढाँचा लामो समय अथवा पूरा हप्ताका लागि पनि देखिन सक्छ । नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीले यसबारे ठुलो अनुसन्धान गरेको छ । यसको मनोविज्ञान विभागले लगभग २५ मिलियन वटा ट्विटर मेसेजको प्याटर्न हेर्‍यो । यी साधारण प्रयोगकर्ताका थिए । उक्त अनुसन्धानमा दिनको निश्चित समयमा मानिसहरूले निश्चित रूपमा व्यवहार गरेको पाइयो । कहिलेकाहीँ उनीहरू रिसाउँछन् भने कुनै खास समयमा त्यही मानिस समझदार भएर बोल्छन् ।

डाटा केलाएर हेर्दा बेलुका ४ बजेदेखि राती १२ बजेसम्म मानिसको मुड राम्रो हुने पाइयो । उनीहरू एक–अर्काको तारिफ गर्छन् । ‘लेट मर्निङ’ मा मुड खराब हुन्छ । काम छिटो सकाउने हडबडीमा पनि यस्तो हुनसक्ने बताइएको छ । बिहान उठेपछि र राती सुत्नु अघि पनि उनीहरू धेरैजसो खुसी नै भइरहेका हुन्छन् । शुक्रवारको दिन मानिसहरू बिहानै देखि प्रसन्न देखिन्छन् । उनीहरू मद्दत गर्न तयार हुन्छन् । यस्तै विकेन्ड समाप्त हुनै लाग्दा उनीहरू पूरा हप्ताको सबैभन्दा खराब मुडमा पुग्ने गर्छन् । – एजेन्सीकाे सहयाेगमा

यो पनि पढ्नुहोस्

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

१५ मिनेट अगाडि
पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

४३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक