काठमाडौं । बालबालिकाहरुलाई भिटामिन तथा जुकाको औषधि खुवाइने भएको छ ।
सरकारले एक कार्यक्रममार्फत यही वैशाख ६ र ७ गते औषधि खुवाउने भएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले ६ देखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ए क्यापसुल खुवाउन लागिएको बताए । उनले भने–‘यो सरकारको नियमित कार्यक्रम हो ।प्रत्येक ६ –६ महिनामा खुवाइन्छ ।
खुवाउनका लागि सबैतिर पत्राचार भइसकेको छ।’ त्यसैगरी १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि आम वितरण अभियान पनि सञ्चालन गर्नेछ । औषधि खुवाउनका लागि अभिभावकहरुले नजिकको स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वंयसेविकाहरुसँग सम्पर्क गर्न सक्नेछन् ।