काठमाडौं– नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले विश्वमञ्चमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुले खेलसंगै आफ्नो व्यक्तित्व र खानपानको शैलीमा उचित ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
खेलाडीहरु देशको एम्बेसडर भएकाले उनिहरुको ब्यक्तित्व, खानपानको शैली र संस्कारले देशको पहिचान र प्रतिष्ठा झल्काउने उनको भनाइ छ।
खेल क्षेत्रमा बिशेष योगदान गर्ने महिला खेलाडीहरुको सम्मान तथा आगामी एसियन खेलको तयारीमा रहेका महिला खेलाडीहरुको ब्यक्तित्व बिकास गर्ने उदेश्यले ओलम्पीक कमिटिको भवनमा बुधबार आयोजिक कार्यक्रममा अध्यक्ष श्रेष्ठले यस किसिमका कार्यक्रमले खेलाडीहरुको बृद्धि बिकास र प्रर्दशनमा समेत सकरात्मक प्रभाव पार्ने वताए।
हस्पीटालिटि र पर्यटन क्षेत्रमा बिशेषज्ञ सेवा दिदै आएको हस्पीटालिटि गाइड्सँंगको सहकार्यमा आयोजित कार्यक्रममा ओलम्पिक कमिटिसँग आवद्ध २५ भन्दा बढि खेलकुद संघबाट करिब ५० भन्दा बढि महिला खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुको उपस्थिति थियो।
खेलाडीले कति खाने र कसरी खाने भन्नेबारे नजान्दा अन्तराष्ट्रिय जगतमा देशको चिनारीमा नराम्रो इमेज बन्ने गरेको उनले बताए।
सो अवसरमा अध्यक्ष श्रेष्ठले आगामी दिनमा ओलम्पिक कमिटिले एसियन गेमलाई लक्षित गरी सबै संघमा आबद्ध खेल पदाधिकारी, प्रशिक्षक र खेलाडीलाई व्यावसायिक अनुशासन, व्यक्तित्व बिकास र खानपानको संस्कार बिषयक प्रशिक्षण सञ्चालन गर्ने लक्ष्य लिएको बताए।
उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटीअन्तर्गत रहेको वुमेन एण्ड स्पोर्ट्स कमिसनकी अध्यक्ष ज्योती राणाले खेलाडीहरुलाई उचिन खानपान, डाइनिङ्ग सस्कार र ब्यक्तित्व विकासबारे सहि ज्ञान नहुँदा विदेशमा कतिपय अवस्थामा ग्लानीबोध हुने गरेको र त्यसले उसको खेल प्रदर्शनमा समेत असर गर्ने गरेको अनुभव सुनाइन्।
यस प्रशिक्षणबाट खेलाडीहरुमा सकारात्मक सन्देश जाने बिश्वास ब्यत्त गर्दै उनले आफुले सिकेको ज्ञान र संस्कार अन्य खेलाडी र घर परिवारमा समेतमा बाढ्न सुझाब दिइन्।
हस्पीटालिटि र पाककलाका क्षेत्रमा बिशेष अनुभव हासिल गरेका बिज्ञ प्रशिक्षकहरु रुपेश क्षेष्ठ , सेफ भावी खनाल र मोडेरेटर एवम् हस्पीटालिटि गाइड्सका कार्यकारी निर्देशक सुराच प्रसाईले खेलाडीहरुको व्यावसायीक बिकास र डाइनिङ्ग सस्कारका बिषयमा प्रशिक्षण दिएका थिए। सो अवसरमा खेलकुद क्षेत्रमा बिशेष योगदान पुर्याए बापत २ जना महिला खेलाडीहरुलाई नगद राशि सहित पुरस्कृत गरिएको थियो ।