मङ्ल, जेष्ठ ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

फिलिपिन्सको पानीजहाजमा आगो लाग्यो, १२ जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
फिलिपिन्सको पानीजहाजमा आगो लाग्यो, १२ जनाको मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मनिला । दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ।

उद्धारकर्मीहरूका अनुसार १४ जना घाइते भएका छन्भने सात जना अझै हराइरहेका छन्। गए राति जहाजमा आगो लागेपछि चालक दलका ३५ जना सदस्य र २९० जना यात्रीलाई तट रक्षक र माझीहरूको सहयोगमा सकुशल उद्धार गरिएको सरकारी अधिकारीहरूले आज जनाएका छन्।

लेडी मेरी जोय–३ नामको पानीजहाज मिन्डानाओ टापुको जाम्बोआङ्गा शहरबाट सुलु प्रान्तको जोलो टापुतर्फ गइरहेका बेला आगो लागेको थियो। जहाजमा आगो लागेपछि यात्रीले हामफालेका प्रकोप व्यवस्थापन विभागका अधिकारी निक्सन अलोन्जोले बताएका छन्। बसिन प्रान्तका गभर्नर जिम सल्लिमानले जहाजमा दुई सय भन्दा बढी यात्री रहेका हुनसक्ने बताउँदै हराउनेको सङ्ख्या धेरै भएको आशङ्का गरेका छन्। पानीजहाजका यात्रीको नामसूचीमा दुई सय पाँच जनाभन्दा बढी रहेकाले बेपत्ता हुनेको सङ्ख्या सातभन्दा बढी हुनसक्ने उनले बताएका हुन्।

बाह्र जनाको शव भेटिएको जानकारी दिँदै गभर्नर सल्लिमानले छ महिनाको एक बच्चासहित तीन बालबालिकाको दुर्घटनामा मृत्यु भएको जानकारी दिएका छन्। आगलागीको कारण खुलेको छैन। घाइतेहरूलाई उपचारार्थ जाम्बोआङ्गा र बासिलान पुर्‍याइएको छ।

तट रक्षकले जारी गरेका तस्बिरहरूमा जलेको जहाजमा अर्को पानीजहाज र डुङ्गाबाट पानी खन्याएको तथा उद्धारकर्मीले अँध्यारोमा पीडितलाई पानीबाट निकालेर सुरक्षित स्थानतर्फ डुङ्गाहरूबाट लगेको देखिन्छ। सात हजारभन्दा बढी टापुको द्वीपसमूह फिलिपिन्समा अव्यवस्थित समुद्री यातायात, नियमित अनुगमनको अभाव र भीडभाडका कारण बेलाबेलामा यस्ता दुर्घटना हुनेगरेका छन्। रासस

यो पनि पढ्नुहोस्

जातीय विभेदमुक्त विश्वका लागि ग्लोबल सम्मेलन २०२५ को  तयारी पूरा

जातीय विभेदमुक्त विश्वका लागि ग्लोबल सम्मेलन २०२५ को  तयारी पूरा

३४ सेकेन्ड अगाडि
आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक तथा मेलमिलाप  समिति गठन

आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक तथा मेलमिलाप  समिति गठन

२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ

गिनिज बुकधारी सजन डंगोलको सफल सगरमाथा आरोहण

आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक तथा मेलमिलाप  समिति गठन

Live : प्रतिनिधिसभा बैठक जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक