काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ परिसरलाई धार्मिक तथा अन्य पर्यटकहरुको लागि पनि महत्वपूर्ण गन्तव्यस्थलको रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार पशुपति क्षेत्रमा श्री राधा माधव समिति नेपालद्वारा जगतगुरु श्री कृपालुजी महाराजको स्मृतिमा निर्माण तथा व्यवस्थापन हुँदै आएको वनकाली उद्यान पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘पशुपतिनाथ नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यस्थल पनि हो । पूजाआज र दर्शन सकेपछि केही समय विश्रामका लागि महनमोहक वातावरण बगैँचामा बनाउनेगरी यस उद्यानलाई अझै व्यवस्थित गर्न जरुरी छ।’ उनले पशुपति क्षेत्रमा मन्दिरमा पूजा गर्न जने मात्रै नभई पूजापछि विश्रामका लागि पनि बगैँचाहरुको निर्माण गरी व्यवस्थित गर्न जरुरी रहेको बताए । उनले पशुपति क्षेत्रको प्रचारप्रसार र व्यवस्थापन गर्नसक्दा धार्मिक पर्यटनको माध्यमबाट नेपालको आर्थिक विकासमा समेत टेवा पुग्ने बताए ।
‘पशुपति क्षेत्रको प्रचारप्रसार र व्यवस्थापन गर्नसक्दा धार्मिक पर्यटनको माध्यमबाट नेपालको आर्थिक विकासमा समेत टेवा पुग्छ । हरेक वर्ष मनाइने महान पर्वहरु शिवरात्री, बालाचतुर्दशी, हरितालिका तिज लगायतमा आउने भक्तहरुलाई ध्यानमा राखेर अव्यवस्थित मन्दिर परिसरमा आउने समस्या कम गर्न थुप्रै उद्यान र प्रतिक्षालयको विकास र संरक्षण गर्न जरुरी छ ।’ उनले भने । राष्ट्रपति पौडेलले पशुपति क्षेत्रमा भक्तजनका लागि धेरै उद्यान र प्रतिक्षालयको विकास र संरक्षण गर्न जरुरी रहेको बताए । उनले पशुपति क्षेत्रको विकासका लागि वृहत गुरुयोजना निर्माण गरी विशेष महत्वको आयोजनाका रुपमा अघि बढाउँदा स्वच्छ पिउनेपानी, व्यवस्थित शौचालय, पार्किङ स्थल, इन्टरनेट, सूचना लगायत भक्तजनका सामानको सुरक्षा लगायत आधारभूत र अत्यावश्येक सेवासमेत व्यवस्थित गर्न आवश्यक रहेको बताए ।
‘पशुपति क्षेत्रको विकासका लागि वृहत गुरुयोजना निर्माण गरी विशेष महत्वको आयोजनाका रुपमा अघि बढाउँदा समेत स्वच्छ पिउनेपानी, व्यवस्थित शौचालय, पार्किङ स्थल, इन्टरनेट, सूचना लगायत भक्तजनका सामानको सुरक्षा लगायत आधारभुत र अत्यावश्येक सेवासमेत व्यवस्थित गर्न सबैको ध्यान जान जरुरी छ ।’ राष्ट्रपति पौडेलले पशुपति क्षेत्रलाई मन्दिर दर्शन गरेर फर्किने मात्रै नभइ लामो समयसम्म बस्नसक्ने वातावरण बनाउनसके अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढाउन सकिने बताए ।