काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगुबाट सुरक्षित रहन आग्रह गरेको छ । लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगका बिरामी देखिन थालेकाले मन्त्रालयले सूचना निकाल्दै डेंगुबाट बच्च आग्रह गरेको हो ।
मन्त्रालयले पुरा बाहुला भएका लुगा लगाउन, झुलभित्र मात्र सुत्न, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, घर कार्यलय, विद्यालय वा सावजनिक क्षेत्रमा पानी जम्न नदिन आग्रग गरेको छ ।
त्यस्तै, खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्न,गमलामाको प्लेट, फूल दानी, कूलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, साझा र विहान करेशाबारीमा जाँदा, घर बाहिर वा पार्कमा जाँदा, बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउन मन्त्रालयको सुझाव छ ।