एजेन्सी । युरोकप छनोटमा स्कटल्याण्डले स्पेनलाई २–० ले हराउन सफल भएकाे छ ।
स्कटल्याण्डले स्पेनलाई ३९ वर्षपछि हराएको हो । गएराति सम्पन्न खेलमा स्कटल्याण्डको जितमा स्कट म्याकटोमिनेले दुई गोल गरे । खेलको सातौँ मिनेटमा स्कटले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
५१ औँ मिनेटमा स्कटले व्यक्तिगत दोस्रो गोल गर्दै स्कटल्याण्डलाई २–० को जित दिलाए । जारी छनोटमा स्कटल्याण्डको यो लगातार दोस्रो जित हो । समूह ‘ए’ को शीर्ष स्थानमा रहेको उसले २ खेलमा ६ अंक जोडेको छ । स्पेन ३ अंकका साथ दोस्रो स्थानमा छ ।