काठमाडौं । नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले मिटरब्याजको दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन्।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले मिटर ब्याजका काराण धेरै जनता पीडित भएकाले यसमा कडा कानुन निर्माण गर्नुपर्ने उनले बताए।
उनले मिटरब्याज ठगी भएकाले यसलाई रोक्न कडा कानुन बनााउनुपर्ने माग गरे। उनले गाउँ–गाउँमा रकम पुर्याउने एउटै आधार भनेको लघुवित्त भएकाले सस्तो ब्याजमा जनतालाई प्रदान गर्न अग्रसर गराउनुपर्ने जनाए।
यस्तै उनले लडाकुहरुलाई २ लाख वितरण गर्ने कुरा पनि रोक्न माग गरे। उनले सत्य निरुपण सम्बन्धी ऐन संशोधनको कार्य संसद्मा आएकाले यसबाटै उनीहरुको कुरा सम्बोधन हुने भएकाले तत्काल रोक्न माग गरेका हुन्। अहिलेको आर्थिक अवस्था जटिल भएकाले रकम वितरण गर्ने कार्य गर्न नहुने भन्दै छिटै राजपत्रमा प्रकाशित गर्ने भनिएको उक्त कार्य रोक्न उनको माग थियो।