कपिलबस्तु । जिल्लाको तौलिहवामा सदस्य तथा अभिभावकसंग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
विश्व वित्तीय सप्ताहको अवसरमा महुली लघुवित्त वित्तीय संस्थाले सो कार्यक्रमको आयोजना गरेको हो । लघुवित्तबाट ठूला वर्गका व्यक्तिहरू भन्दा पिछडिएका, आर्थिक अवस्थाले कमजोर र सानो लगानीबाट कुनै व्यवसाय गरि आयआर्जन गर्न चाहानेहरु बढी लाभान्वितहुने लुम्बिनी प्रदेश सांसद सदस्य शुधाकर पाण्डेयले बताउनुभयो ।
पाण्डेयले यस वित्तीय संस्थाको कार्यक्रम हेर्दा संस्थाले गाउघरमै गई बचत सङ्कलन गर्ने , छिटो, छरितो, र सजिलो तरिकाले ऋण उपलब्ध गराउने साथै सदस्यहरूलाई कृया खर्च औषधि उपचार खर्च शैक्षिक प्रोत्साहन पुरस्कार को पनि व्यवस्था रहेकोले यो सबैका लागि राम्रो रहेकोले आगामी दिनमा अझै धेरै मानिसको बीचमा यो महुली लघुवित्त वित्तीय संस्था पुगोस् भन्दै शुभकामना दिनु भएको हो।
अहिले समाजमा भइरहेको लघुवित्त माथि नकारात्मक धारणालाई प्रष्ट पार्न वित्तिय साक्षरता कार्यक्रमको आयोजनाका गरिएको साथै, हामिले फिल्डमा गर्नु पर्ने क्रियाकलप कस्तो छ, हामीले के गर्दा भाविष्यमा राम्रो बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ कार्यक्रम गरिएको संस्थाका शाखा प्रमुख लालकिशोर मण्डलले बताउनुभयो । संस्थाले ३ करोड ३१ लाख बढी रकम लगानी गरेको शाखा प्रमुख मण्डलले बताउनुभयो । संस्थामा विभिन्न केन्द्र, समुह लगायतको क्षेत्रबाट ५२ लाख ५४ हजार बचत रहेको छ । संस्थाको १ सय ९७ जनालाई ऋण प्रदान गरेको छ ।
संस्थामा कुल ४ सय ९३ जना सदस्यको अबद्धता रहेको छ । नेपालभर मुहलीको ३६ जिल्लामा ६४ वटा शाखा रहेको छ । कार्यक्रमा कार्यक्रमको अध्यक्षता महुली लघुवित्त वित्तीय संस्था लिमिटेड तौलिहवाका शाखा प्रमुख लालकिशोर मंडलको रहेको थियो भने प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद सदस्य शुधाकर पाण्डेय , विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालयको प्रहरी निरीक्षक शैलेश्वरी बोहोरा को रहेको थियो भने अतिथिको रूपमा उद्योग वाणिज्य संघ का अध्यक्ष गया दीन कुर्मी, जिल्ला खेलकुद संघका अध्यक्ष राजेश उपाध्याय, श्री छत्रपाली तिर्था देविका स.प्र विजय कुमार चौधरी, रेन्वो लरन्निङ सेन्टरका प्रमुख प्रशासक सि.पी चौधरी, तौलेश्वर नाथ वचत का अध्यक्ष चन्दिका प्रसाद चौधरी सोहि बचत संस्थाका सदस्य राम उग्र चौधरी, सुरज प्रसाद कोरी, सुनिल कसौधन पत्रकार ,विभिन्न केन्द्रका केन्द्र प्रमुख उप प्रमुख सदस्य अभिभावक, राजनितिक दलका प्रमुख एव्म प्रतिनिधि, स्थानिय, सामाजसेवि लगायतको सहभागिता रहेको थियो । बबिता गिरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कपिलबस्तु प्रतिनिधि


