सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

स्ववियु निर्वाचनमा बैतडीमा नेपाल विद्यार्थी संघ क्लिन स्वीप

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
स्ववियु निर्वाचनमा बैतडीमा नेपाल विद्यार्थी संघ क्लिन स्वीप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बैतडी । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय(सुप) अन्तर्गत बुधबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा बैतडीमा नेपाल विद्यार्थी संघले क्लिन स्वीप गरेको छ। यहाँका तीनवटै क्याम्पसमा कांग्रेसनिकट नेविसंघले जित हात पार्दै क्लिन स्वीप गरेको हो। पाटन बहुमुखी क्याम्पसमा नेविसंघबाट सभापतिका उम्मेदवार भागरथी भट्ट विजयी भएका छन्। भट्टले ८९ मत ल्याउँदा उनका प्रतिष्प्रधी अनेरास्ववियुका निरन्जन पन्तले ७४ मत मात्रै पाए ।

यस्तै स्वतन्त्र उम्मेदवार अमरराज भट्टले ५० मत प्राप्त गरे। सचिवमा एकीकृत स्वतन्त्र विद्यार्थी युनियनका भोजराज अवस्थी ८६ मतसहित निर्वाचित भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियु क्रान्तिकारीका रामदत्त भट्टराईले ६३ मत ल्याएका छन्। कोषाध्यक्षमा अनेरास्ववियुका दिलेन्द्रसिंह ठगुन्ना ८३ मतसहित विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी अखिल क्रान्तिकारीकी भुवनेश्वरी कठायतले ७४ मत ल्याइन्। सदस्यहरूमा अनेरास्ववियुका रोशन पाण्डे १०१ मत, दिपकसिंह ऐर ९६ मत र चन्द्रावती भट्ट ८७ मत ल्याएर विजयी भएका छन्।

यस्तै नेविसंघका मीना भट्ट ९५ मत, कल्पना विक ८८ मत र बेबिना जोशी ९३ मत ल्याएर सदस्य पदमा निर्वाचित भएका छन्। उता सदरमुकामस्थित जगन्नाथ बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलै विजयी भएको छ। सभापतिमा नेविसंघका धनी भट्ट १२० मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी अनेरास्ववियका योगेश मौनीले ३६ मतमात्रै पाए। सचिवमा नेविसंघकै किशोरराज पन्त (११८), कोषाध्यक्षमा ममता भट्ट (११०), सदस्यमा पनि नेविसंघकै गिता बोहरा, ललिता चन्द, र विन्दु कुमारी बडु विजयी भइन्। यस्तै मणिलेक क्याम्पस मेलौलीमा स्ववियु सभापतीमा नेवि संघको प्यानलै विजयी भएको छ। अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच भएको गठबन्धनलाई पराजित गर्दै नेविसंघको प्यानलै विजयी भएको हो। सभापतिमा नेविसंघका नवराज भट्टले ७० मत ल्याएर जित हात पारे।

उनका प्रतिष्प्रधी अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच भएको गठबन्धनका साझा उम्मेदवार धनीदत्त भट्टले ४४ मत मात्रै प्राप्त गरे। सचिवमा नेवि संघका निरज भट्ट वियजी भए। कोषाध्यक्षमा पनि नेवि संघकै सुशीला नेगी विजयी भइन्। सदस्यमा नेवि संघकै पूजा चन्द, दिनेश सिंह साउद, सुनिता भट्ट र मनोजदत्त ओझा विजयी भए। नेविसंघका अध्यक्ष कपिल केसीले यसलाई जिल्लामा नेविसंघको ऐतिहासिक जित भएको बताएका छन्।

यो पनि पढ्नुहोस्

आजदेखि सुपर–८का खेल सुरू हुँदै

त्रिवि क्रिकेट रगंशाला खाली गर्न क्यानलाई ३५ दिने अल्टिमेटम

२५ मिनेट अगाडि
इरानले तेल बोकेर अमेरिका गइरहेको जहाज  समात्यो

मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी तेल आपूर्तिमा असर

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सांसदहरू जनताको ‘नोकर’ भएको स्मरण

ओली र लेखक पक्राउ पुर्जीको आधार नदेखिएको जिकिर

बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

२०८०/८१ को सुरुआती ७ महिनामा ८ खर्ब व्यापार घाटा

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक