काठमाडौं । श्वास गन्हाउने समस्या समाधान नभएर कतिपयले हैरानी खेप्नुपरिरहेको हुन्छ। सास गन्हाउनु मुखको स्वास्थ्यसँग सम्बन्धित रोगको लक्षण हुन सक्छ। कहिलेकाहीँ रोग गम्भीर पनि हुन सक्छ।
यस्ता छन् श्वास गन्हाउने ५ कारण
लसुन, प्याजको सेवन
लसुन र प्याजको गन्ध धेरै खराब छ। टाढा उभिने व्यक्तिले पनि लसुन वा प्याज खाएको थाहा पाउन सक्छ। यदि तपाइँ नियमित रूपमा प्याज, लसुन खानुहुन्छ भने यसले सास गन्हाउन सक्छ।
रक्सीसेवन र धूमपान
रक्सी र धूमपान गर्नेको मुखबाट दुर्गन्ध आउँछ। रक्सीको गन्ध धेरै टाढाबाट आउँछ। त्यसैगरी, धूमपान गर्नेहरू पनि टाढैबाट चिनिन्छन्।
सुख्खा मुख
सामान्यतया सबै मानिसहरूको मुखमा तरल पदार्थ हुन्छ जसलाई हामी र्याल भन्छौँ। र्यालमा भएको ब्याक्टेरियाले मुख सफा गर्न मद्दत गर्छ। र्याल कम हुने वा मुख सुख्खा रहिरहने व्यक्तिमा सास गन्हाउने समस्या हुन सक्छ।
औषधीको प्रभाव
मुख, नाक वा घाँटीमा कुनै प्रकारको रोग, औषधिको प्रतिक्रिया वा दुवैले सास गन्हाउन सक्छ। औषधिको साइड इफेक्ट अर्थात् साइराक्यूजले पनि समस्या निम्त्याउँछ।
पेटको खराबी
कहिलेकाहीँ पेट दुख्ने र ‘ग्यास्ट्रोएसोफेजियल रिफ्लेक्स’ रोग बाहेक अन्य स्वास्थ्य कारणहरूले गर्दा सास गन्हाउन सक्छ। मुखबाट अत्यधिक दुर्गन्ध आएमा चिकित्सकलाई देखाउनुपर्छ।


