आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

सडक सुविधा जोडिएपछि रामपुर अस्पताल जानेक्रम बाक्लिँदो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
सडक सुविधा जोडिएपछि रामपुर अस्पताल जानेक्रम बाक्लिँदो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रामपुर । सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय सडक सुविधा जोडिएपछि पछिल्लो समय रामपुर अस्पतालमै जानेक्रम बाक्लिँदो छ ।

अस्पतालले बिरामीको स्वास्थ्योपचारलाई मध्यनजर गर्दै सेवा क्षेत्र थप गरिरहेको छ । यस क्षेत्रका नागरिकलाई आफ्नै गाउँमै सहज सेवा दिलाउन कम साधन स्रोत, जनशक्ति अभावका बीच सेवालाई फराकिलो बनाउँदै गएको छ ।

सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा रहेको यस अस्पतालमा हाल प्रसुति, एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिललगायतको शल्यक्रियामार्फत उपचार हुन थालेपछि स्थानीयवासीलाई ठूलो राहत पुगेको निस्दी गाउँपालिका-१ का देउबहादुर ढेंगा बताउँछन् ।

‘रामपुर अस्पतालमा शल्यक्रियामार्फत सेवा दिन थालेपछि हामीजस्ता विपन्न नागरिकलाई धेरै राहत मिलेको छ, अन्यत्र अस्पतालमा लैजाँदा बाटोमा नै बिरामीको ज्यान जाने हो कि भन्ने समस्या, अर्कोतर्फ आर्थिक समस्याले निकै पिरोल्ने गरेको थियो’, उनले भने ।

अस्पतालमा गत चैत ३० गते राति ३० वर्षीया महिलाको एक्टोपिक गर्भावस्थाको जटिल प्रकृतिको शल्यक्रिया गरियो । आठ हप्ताको गर्भवतीको पाठेघरभन्दा बाहिर अण्डबाहिनी नलीमा बसेको भ्रूण फुटेर पेटमा रगत फैलिएको थियो ।

सो समस्याको यस अस्पतालमा शल्यक्रिया गर्न सहज थिएन । तैपनि तत्काल अन्यत्र पठाउन नजिक सुविधासम्पन्न अस्पताल नहुनु, अर्कोतर्फ बिरामीको परिवारको आर्थिक अवस्था नाजुक भएकाले यहाँका स्वास्थ्यकर्मीले जोखिम मोलेर सफल शल्यक्रिया गरी बिरामीको ज्यान मृत्यु हुनबाट बचाएका छन् ।

अस्पतालमा भिडियो एक्स-रेमार्फत हेर्दा उहाँको पाठेघर बाहिर रहेको अण्डबाहिनी नलीमा भ्रूण बसेको हुँदा सो भ्रूण असुरिक्षत गर्भनिरोधक औषधि सेवनको असरले फुटेर पेटमा रगत फैलिएको अवस्थामा अस्पतालमा ल्याइएको चिकित्सक सुनिलकुमार दासले बताए ।

स्थानीय मेडिकल सञ्चालकले अन्धाधुन्ध गर्भनिरोधक औषधि वितरणको असरले यस्तो समस्या बल्झिएको हो । बिरामी महिलाले रामपुर बेझाडको एक स्थानीय मेडिकल पसलबाट गर्भनिरोधक औषधि सेवन गरेको परिवारले बताएको छ । उनले आठ हप्ताको गर्भ निरोधक औषधि मेडिकलमा कार्यरत स्वास्थ्यकर्मीको सल्लाहमा सेवन गरिन् ।

ती महिलाले गत चैत २८ गतेदेखि औषधि सेवन गरेपछि उनमा समस्या देखिन थाल्यो । चैत २९ गते साँझ दोस्रोपटक औषधि सेवन गरेपछि झन् उनमा समस्या थपियो । औषधिको असरले कष्टसँग दुखाइ सहेर बसिन् । चैत ३० गते झन् समस्या बढ्न थालेपछि उनलाई अस्पताल लगियो ।

भिडियो एक्स–रेमार्फत हेर्दा भ्रूण फुटेर पेटभित्र रगत फैलिएको थियो । तुरुन्तै स्वास्थ्यकर्मीले करिब दुई घन्टा लगाएर शल्यक्रिया गर्न सफल भए । उनको पेटमा रगत मिसिएको साढे तीन लिटर झोल पदार्थ र डेढ किलो रगतको चोक्टा भेटिएको थियो । रगतको मात्रा बिरामीको शरीरमा घट्दै गएपछि अस्पतालकै स्वाथ्यकर्मीबाट रगत व्यवस्थापन गरेर बिरामीलाई स्वास्थ्योपचार सेवा दिएपछि अहिले अवस्था निको हुँदै गएको छ ।

पर्याप्त साधन स्रोत र जनशक्ति अभावका बीच पनि स्वास्थ्योपचार सेवालाई प्राथमिकता दिएर जटिल प्रकृतिका शल्यक्रिया सेवा दिन थालेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विजय परियार बताउँछन् । चालु आर्थिक वर्षको हालसम्म एक सय नौ जनाले सुरक्षित गर्भपतन सेवा लिएको पाइएको छ ।

उनका अनुसार गर्भपतन सेवा अनुमति नभएका स्थानीय स्वास्थ्य संस्थामा गर्भनिरोधक औषधि सेवन गरेका चारदेखि छ जनासम्म यस अस्पतालमा हरेक महिना थप उपचारका लागि आउने गर्दछन् । रामपुर नगरपालिकाभित्र रामपुर अस्पताल, गाँडाकोट र गेझा स्वास्थ्यचौकीमा मात्र सुरक्षित गर्भपतन सेवा उपलब्ध छ ।

स्थानीय मेडिकल पसलमा गर्भपतनको औषधि सेवन गर्ने तर पछि स्वास्थ्यमा समस्या आएपछि मात्रै अस्पतालमा जाने प्रचलन छ । स्थानीयस्तरमा फार्मेसी खुल्नेक्रम बढिरहेको छ । मनपरी तरिकाले औषधि प्रयोग गर्ने र गराउने कार्यले मानव स्वास्थ्य जोखिममा परेको छ । अन्तिम अवस्थामा जीवन नै धरापमा पर्न थालेपछि मात्रै अस्पतालमा बिरामी पुग्दछन् ।

मान्यता प्राप्त स्वास्थ्य संस्थाबाटै मात्रै सुरक्षित गर्भपतन गराउनुपर्ने भनिए तापनि स्थानीय मेडिकलले खुलेआम विभिन्न सञ्चारमाध्यममा सुरक्षित गर्भपतन सेवाका सूचना प्रवाह गर्ने, कानुनविपरीत मानव स्वास्थ्य नै जोखिममा पर्नेगरी स्वास्थ्योपचार गर्दा जोखिममा घटना निम्तने गरेका छन् । यसमा स्थानीय सरकारले गम्भीररुपमा चासो नदिँदा पनि मेडिकलले मनपरी ढङ्गले आफ्ना ग्राहकलाई प्रलोभनमा पारी सेवा दिइरहेको स्थानीयको भनाइ छ ।

पाल्पाको पूर्वी भेगमा रहेको यस अस्पतालको सेवा क्षेत्र ठूलो रहेकाले यहाँका नागरिकलाई अस्पतालमा कतिपय साधन स्रोत कम र जनशक्ति अभावका बाबजुद पनि प्रभावकारी सेवा प्रवाह भइरहेको अस्पताल विकास समितिक अध्यक्ष रामप्रसाद ढकालले बताए ।

यहाँ दैनिकजसो तीन सय बढी बिरामी उपचारमा आउने गर्दछन् । अस्पतालको पचास श्ययाको भवन निर्माण सम्पन्न भई हस्तान्तरण गरिएपछि नयाँ भवनबाट विशेषज्ञसहितको सेवा दिने अस्पतालले जनाएको छ ।

२०५२ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भई रामपुरमा स्वास्थ्य उपचार सेवा सञ्चालनमा ल्याइएको हो । सेवाको क्षेत्रलाई विस्तार गरी २०६७ मा १५ श्ययामा स्तरोन्नति भई सेवा दिँदै आएको यस अस्पताल २०७२ मा ५० श्ययामा स्तरोन्नति भई हाल अस्पतालका रुपमा सञ्चालन हुँदै आएको छ ।

करिब रु साढे १८ करोडको लागतमा नयाँ भवन निर्माण थालनी भएको छ । नयाँ भवन हस्तान्तरणपश्चात विशेषज्ञ सेवाका लागि अहिले विभिन्न उपकरण जडान गरी सेवा विस्तार गर्ने अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

छुवाछूत अन्त्य गर्न कानुनी व्यवस्था मात्र पर्याप्त नहुने

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

१० घण्टा अगाडि
नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक निकाल्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक