बुध, अशोज ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पत्रकार महासंघबाट आदर्श पत्रकारिता पुरस्कार घोषणा

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
पत्रकार महासंघबाट आदर्श पत्रकारिता पुरस्कार घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको यही मिति २०७९ चैत ३ र ४ गते शंखरापुर नगरपालिका २, जहरसिंहपौवास्थित लाङटाङ इको रिसोर्टमा बसेको बैठकले
१ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको `आदर्श पत्रकारिता पुरस्कार´घोषणा गरेको छ । काठमाडौं शाखाको सदस्य रहि निरन्तर पत्रकारिता क्षेत्रकाे आदर्श र गौरवलाई उच्च राख्ने आदर्श पत्रकारलाई याे पुरस्कार दिइने जिल्ला कार्यसमिति सदस्य रमेश कुमार बोहोराले जानकारी दिए ।
चैत्र २५ गते हुने साधारणसभाकाे अवसरमा उक्त पुरस्कार वितरण गरिने समेत बोहोराले बताए । बैठकले साधारणसभा सम्पन्न गर्न अध्यक्ष सूर्य सुवेदीकाे संयोजकत्वमा ५१ सदस्यीय समिति बनाउने निर्णय गर्नुका साथै कार्यसमिति सदस्य रमेश कुमार बोहोराको संयोजकत्वमा भित्ते पात्रो ( क्यालेन्डर ) प्रकाशन समिति समेत गठन गरेको छ । बैठकले समसामयिक बिषयमा ९ बुँदे शङ्करापुर घोषणापत्र समेत जारी गरेको कार्यसमिति सदस्री बोहराले जानकारी दिए । रमेश कुमार बोहोराका अनुसार घोषणामा श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक दोब्बर बनाउनुपर्ने,लोककल्याणकारी बिज्ञापन बापतको रकम दोब्बर बनाउनुपर्ने,साना लगानी तथा स्वरोजगारमूलक संचार माध्यमलाई प्रदान गरिंदै आएको सहुलियतपूर्ण ऋणलाई रु. १० लाखबाट बढाइ रु. २५ लाख पुर्‍याउनुपर्ने,अनलाईन संचार माध्यमलाईसमेत लोककल्याणकारी विज्ञापन विगत दुई आर्थिक वर्षदेखि नै प्रदान गर्ने गरी रकम नै छुट्टाइसकेको तर कार्यविधिको अभावमा हालसम्म पनि कार्यान्वयनको बाटोमा अघि बढ्न नसकेको अवस्थामा तत्काल कार्यविधि बनाएर कार्यान्वयन गर्नुपर्ने , विज्ञापन बोर्डले लोककल्याणकारी विज्ञापन प्रकाशित गरे बापतको रकम विभिन्न बाहनामा रोक्दै आएको रकम तत्काल भुक्तान गर्न तथा पत्रपत्रिकालाई उपलब्ध गराउने सेवा सुविधाको प्रक्रियामासमेत सहजता प्रदान गर्न र विज्ञापन वोर्डको हरेक नीतिगत छलफलमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको प्रतिनिधि अनिवार्य उपस्थिति रहने व्यवस्था गर्न शाखाले माग गरेको छ । साथै समानुपातिक विज्ञापन प्रणाली तत्काल कायम गर्नसमेत माग गर्दछौं । , नेपाल पत्रकार महासंघले श्रम समस्या देखिएका सञ्चारगृहहरुमा श्रमजीवी पत्रकारको अधिकार स्थापनाका लागि दबाब दिन थप शशक्त कार्यक्रम घोषणा गर्न शाखाले घोषणापत्रमार्फत केन्द्रीय समितिसँग माग गरेको छ । , सरकारले विगतको वजेटमार्फत नै पत्रकारहरुका लागि निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणा गरेको तर कार्यान्वयनको अवस्था नदेखिएकोमा सोको कार्यान्वयनका लागि शाखाले सरकारसँग माग गरेको छ । साथै, सरकारले पत्रकारहरुका लागि लागु गरेको दुर्घटना बीमाको प्रकृयालाई सरलीकरण गर्न र यसलाई स्वास्थ्य बीमामा रुपान्तरण गर्न गराउन समेत शाखाले माग गरेको छ साथै सूचना तथा प्रसारण विभागले प्रदान गर्न सुरुवात गरेको ज्येष्ठ पत्रकार वृत्ति सम्पूर्ण ज्येष्ठ पत्रकारहरुलाई उपब्ध गराउने गरी तथ्यांक संकलन गर्ने कार्यका लागि नेपाल पत्रकार महासंघका शाखाहरुलाई जिम्मेवारी दिन र सोही अनुसार शाखाले सिफारिस गरेका ज्येष्ठ पत्रकारलाई सुविधा उपलव्ध गराउन शाखा माग गरेको छ । यस्तै ज्येष्ठ पत्रकारका लागि उमेर हद ६० वर्ष कायम गर्न पनि शाखा सम्वन्धित पक्षसँग माग लगायत उल्लेख छ ।

यो पनि पढ्नुहोस्

रात्रिबस नयाँबसपार्कमा मात्र पार्किङ

टाढा यात्रा नगर्न आह्वान

३६ मिनेट अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

सेयर काराेबार घट्याे

३९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु

चालकले बसभित्रै बसेर आगो लगाएको विषय संसद्मा उठ्याे

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

सेयर काराेबार घट्याे

डा. डीआर उपाध्यायको  ‘हरे कृष्ण’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक