शनि, कार्तिक २२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारले गर्‍यो उपभोक्तामाथि अन्याय, बिचौलियाको इसारामा दूधको मूल्य बढाएको आरोप

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 mins read
0
सरकारले गर्‍यो उपभोक्तामाथि अन्याय, बिचौलियाको इसारामा दूधको मूल्य बढाएको आरोप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कल्पना काफ्ले

काठमाडौं- सरकारको स्वामित्वमा चल्दै आएको दुग्ध विकास संस्थान (डीडीसी) को बुधबार बसेको सञ्चालक समिति बैठकले दूधको मूल्य बढाउने निर्णय गर्‍यो। उक्त निर्णय अनुसार डीडीसीको दूधको मूल्य १० रूपैयाँदेखि १६ रूपैयाँसम्म बढेको छ।

सबैभन्दा धेरै बिक्री हुने निलो प्याकेटको स्ट्याण्डर्ड दूधको मूल्य लिटरमा ११ रूपैयाँले बढेर ९७ रूपैयाँ पुगेको छ। अहिले बजारमा पाइने आधा लिटरको एक पोका दूधको मूल्य काठमाडौं उपत्यकामा अब ४३ रूपैयाँबाट बढेर ४८ रूपैयाँ ५० पैसा पुगेको छ।

त्यस्तै गाईको दूधमा प्रतिलिटर १४ रूपैयाँ बढाइएको छ। गाईको दूधको मूल्य प्रतिलिटर ११६ रूपैयाँ पुगेको छ। क्रिमयुक्त दूध (हरियो प्याकेट) को मूल्य प्रतिलिटर १६ रूपैयाँ बढेको छ भने हरियो प्याकेटको दूधको मूल्य प्रतिलिटर १३० रूपैयाँ पुगेको छ। चिया दूधको मूल्य प्रतिलिटर १० रूपैयाँ बढेर ९० पुगेको छ।

यसअघि सरकारले किसानको दूधको मूल्यमा प्रतिलिटर ९ रूपैयाँ बढाउने निर्णय गरेसँगै गत फागुन २५ गते नेपाल डेरी एसोसिएसन र नेपाल डेरी संघको संयुक्त बैठकले दूधको मूल्य १४ रुपैयाँ बढाउने निर्णय गरेपछि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर एक सय रुपैयाँ पुगेको थियो।

यस्तै दहीको मूल्य प्रतिलिटरको १९० रुपैयाँ पुगेको छ भने पनिरको मूल्य प्रतिकिलो ८४० रुपैयाँ र घिउको मूल्य प्रतिकिलो १ हजार तीन सय रूपैयाँ कायम भएको छ। बटरको मूल्य प्रतिकिलो एक हजार रूपैयाँ पुगेको थियो।

यस्तै दहीको मूल्य प्रतिलिटरमा २५ रुपैयाँले बढेको छ। पनिरको मूल्य प्रतिकिलोमा १४० रुपैयाँले बढेको छ भने घिउको मूल्यमा पनि लिटरमा दुई सय रूपैयाँले बढाएका छन्। बटरको मूल्य प्रतिकिलो १५० बढाएको थियो।

अहिले बजारमा दूधको मूल्य अचाक्ली वृद्धि भएको छ। सर्वसाधारण उपभोक्ताले किनेर खानै नसक्ने गरी मूल्य बढेको छ। डेरीहरुले  उपभोक्ता मूल्य प्रतिलिटर १२० रुपैयाँमा बिक्री गरिरहेका छन्। यस्तै घिउ, दही लगायतका अन्य दुग्धजन्य वस्तुको मूल्य पनि व्यापारीहरुले अत्यधिक चर्को मूल्यमा बिक्री गरिरहेका छन्।

तर, किसानले पाउने मूल्य भने ३ प्रतिशत फ्याट र ८ एसएनएफयुक्त दूधको किसान मूल्य ५६.४ रुपैयाँबाट बढाएर  ६५.५० रूपैयाँ सरकारले तोकेको छ।

सरकारले किसानलाई अनुदान दिएर उत्पादन बढाउनु पर्नेमा मूल्य वुद्धि गरेर आम उपभोक्तामाथि अन्याय गरेको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिनाले बताए।

साथै  बिचौलिया र निजी डेरीहरुले मनोमानी मूल्य वृद्धि गरेको र यसरी मूल्यवृद्धि गरिरहँदा सरकार मौन रहेको बताए।

‘सरकारले किसानलाई अनुदान दिएर दुग्धजन्य पदार्थ उत्पादनमा प्रोत्साहन गर्नु पर्नेमा सानो परिमाणमा मूल्य बढाइदिएर किसानको आँखामा छारो हाल्ने काम गर्‍यो। यससँगै दूध व्यापारी र बिचौलियालाई फाइदा पुग्ने काम गरेको छ। यसरी मूल्य सरकारले बढाउँदा बिचौलियाले मूल्य मनोमानी बढाएका छन्,’ उनले भने।

यसरी मूल्य वृद्धि हुँदा आम उपभोक्ता चर्को मूल्य वृद्धिको कारण मारमा परेको र अहिले बजारमा डेरी व्यापारी र बिचौलियाले मिलेर चर्को मूल्य असुल्दा आम उपभोक्ताले दुग्ध पदार्थ किनेर खान नसक्ने अवस्था आएको बताए।

साथै, सरकारले दूधको मूल्य बढाएर निजी डेरीलाई उक्साएर आम उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको दावी गरे। चर्को मूल्य वृद्धिका कारण उपभोक्ताले दैनिक उपभोग्य वस्तुका रुपमा रहेको स्वस्थ शरीरका लागि अत्यावश्यक दुग्धजन्य पदार्थ किन्न नसक्ने हुँदा अबका दिनमा बालबालिकामा कुपोषण हुने, गर्भवती महिलाको स्वास्थ्यमा असर पुग्ने जस्ता समस्या सिर्जना हुने उनले बताए।

‘अबका दिनमा सर्बसाधारण जनताले पौष्टिक आहाराको रुपमा रहेको महत्वपूर्ण दुग्धजन्य पदार्थ किनेर खान सक्दैनन्। त्यसपछि बालबालिका, वृद्धवृद्धा, सुत्केरी महिलाहरुलाई पौष्टिक आहाराको अभाव हुने हुन्छ र विभिन्न रोगहरु लाग्ने गर्छ। यसरी आम उपभोक्ताको स्वास्थ्यमाथि सरकारले खेलबाड गर्दैछ,’ उनले भने।

सरकारले उपभोक्ताका हितका लागि उपभोक्ता मूल्य नीति ल्याउनु पर्ने तर मूल्य नीति नल्याउँदा जहिल्यै उपभोक्ता ठगिने प्रवृत्ति बढ्दै गएको उनले बताए। यस्तै निजी डेरी संगठनहरु सरकारले किसानको दूधको मूल्य बढाएपछि निजी डेरीहरुले आफूले पाउने मूल्य बढाएको दावी गर्छन्। नेपाल लाईभ

यो पनि पढ्नुहोस्

दाङमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु

जिपको ठक्करबाट एक जनाको मृत्यु

८ घण्टा अगाडि
प्रादेशिक अस्पतालमा निःशुल्क उपलब्ध हुने औषधि अभाव

प्रादेशिक अस्पतालमा निःशुल्क उपलब्ध हुने औषधि अभाव

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भोलिसम्म नाटक ‘खमारीः मौन संवाद’ हेर्न सकिने

देशव्यापी मतदाता नामावली संकलन जारी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अन्तरराष्ट्रिय रेडियोलोजी दिवस मनाँइदै

जिपको ठक्करबाट एक जनाको मृत्यु

राष्ट्रिय स्वतन्त्र पार्टीको बिस्तारित बैठक चितवनमा जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक