शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

गगन थापाको गनगन बुझेर कि नबुझेर ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
–प्रीति रमण
काठमाडौंमा हालै आयोजित एक सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेसका महासचिव गगन थापाले मुलुकको आर्थिक अवस्थाबारे चर्चा गरे । उनको भाषणको मुख्य सार भने पछिल्लो समय बढेको बैंक तथा वित्तीय संस्थाको ब्याजदरको बारेमा थियो । ब्याजदर वृद्धिका कारण उद्योगी व्यवसायी मारमा परेको र यो अवस्था आफ्नो राजनीतिक जीवनमा पहिलोपटक देखेको उनको जिकिर थियो । उनले अर्थतन्त्र र व्यवसायीको समस्यालाई प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुपर्ने जनाए । देशको प्रमुख पार्टी, जो सत्ताको साझेदार पनि छ, त्यस पार्टीका महासचिव र अपेक्षा गरिएका भएका नेता हुन् थापा । तर, उनको भाषण भने पुँजीपति वर्गलाई मात्र पक्षपोषण र वास्तविक समस्यालाई भने अनदेखा गर्ने किसिमको रहेको पंक्तिकारको ठम्याइ छ ।
किनभने कुनै पनि देशको अर्थतन्त्रमा समस्या छ भने त्यसको सबैभन्दा पहिलो मार खेप्ने विपन्न तथा श्रमिक वर्ग नै हो । जो हरेक दिन कमाइ गरेर साँझबिहानको छाक टार्छन्, उनीहरुलाई अर्थतन्त्रमा समस्या आउने बित्तिकै समस्या पर्न थाल्छ । गत कोभिडकालमा विपन्न नागरिकले भोग्नुपरेको अवस्थालाई सायद कमैले मात्र भुलेका होलान् । त्यसपछि मारमा भनेका किसान तथा मध्यम वर्ग हो । अन्त्यतिर मात्र पुँजीपति वर्गले मात्र यस्तो समस्याले छुन्छ । नेपालको अर्थतन्त्रमा केही समययता देखिएको समस्याले पनि श्रमिक, विपन्न र किसानले सबैभन्दा मार व्यहोर्नु परेको छ । तर, थापाले भने यस्तो वर्गको आवाजलाइ उठान गर्नुको साटो पुँजीपति वर्गको पक्षपोषण गरेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षका सात महिनाका उपभोक्ता मूल्यवृद्धिले सरकारले राखेको वाञ्छित सीमा नाघेको छ । चालु आर्थिक वर्ष २०७९÷८० मा सात प्रतिशतभन्दा बढी मूल्यवृद्धि हुन नदिने सरकारले लक्ष्य राखेको थियो । तर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ मसान्तसम्ममा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ८८ प्रतिशत पुगेको देखिएको हो । गत आर्थिक वर्षको यही अवधिमा उपभोक्ता मुद्रास्फीति ६ दशमलव २४ प्रतिशत थियो ।
राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ६ दशमलव १९ प्रतिशत र गैर– खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९ दशमलव २२ प्रतिशत छ । खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेष्टुराँ तथा होटल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १५ दशमलव २४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२ दशमलव ३९ प्रतिशत र सुर्तीजन्य पदार्थको १० दशमलव ८३ प्रतिशतले बढेको छ । राष्ट्र बैंककाअनुसार माघ मसान्तसम्ममा काठमाडौं उपत्यकामा आठ दशमलव ४७ प्रतिशत, तराईमा सात दशमलव ८२ प्रतिशत, पहाडमा सात दशमलव ३० प्रतिशत र हिमालमा सात दशमलव ९२ प्रतिशत मूल्यवृद्धि देखिएको छ । गतवर्ष माघ महिनामा यी क्षेत्रमा क्रमशः पाँच दशमलव ४७ प्रतिशत, ६ दशमलव ५० प्रतिशत, ६ दशमलव ७१ प्रतिशत र पाँच दशमलव ९७ प्रतिशत मुद्रास्फीति रहेको थियो । गत माघ महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति नौ दशमलव ६७ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १० दशमलव ३४ प्रतिशत रहेको थियो । यसको सबैभन्दा ठूलो असर सर्वसाधारणले व्यहोर्नुपरेको छ ।
अर्कोतर्फ देशको अर्थतन्त्र बिग्रनुमा आन्तरिक शून्य बराबर हुनु र अत्यधिक आयात प्रमुख कारण हो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षका सात महिनाको अवधिमा नेपाललको व्यापार घाटा १८ दशमलव ७ प्रतिशतले घट्दा आठ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ कायम भएकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३८ दशमलव ४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमलव २ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव ५ प्रतिशत रहेको थियो । समीक्षाअवधिमा भारतबाट ७१ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । त्यसैले आन्तरिक उत्पादन वृद्धि र बजार सुनिश्चित गर्नेतर्फ नेताहरुले जोड दिनुपर्ने देखिन्छ, न कि अमूक व्यवसायीको पक्षमा सरकारको ध्यानाकर्षण हुनु जरुरी छ ।

यो पनि पढ्नुहोस्

गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !

गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !

१ वर्ष अगाडि

संसद्लाई जनताको थलो बनाउन नसकिने पुष्टि

१ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक