इंग्लिस प्रिमियर लिगमा आर्सनलले आफ्नो उपाधि होड कायमै राखेको छ। आइतबार भएको खेलमा आर्सनलले फुलह्यामलाई ३-० ले पराजित गर्दै पुन शीर्ष स्थानमा ५ अङ्कको अग्रता बनाउन सफल भयो। आइतबार रातिनै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड भने साउथहेम्टनसँग गोलरहित बराबरीमा रोकियो।
दोस्रो स्थानको सिटीसँगको अग्रता फराकिलो पार्न जित्नै पर्ने खेलमा आर्सनलले फुलह्याम विरुद्ध पहिलो हाफमानै फराकिलो अग्रता बनाएको थियो। पहिलो हाफमा ३-० को अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा पनि सोहि अग्रता कायम राख्दा महत्वपूर्ण तीन अङ्क हासिल गर्यो।
आर्सनलका लागि गाब्रियलले २१ औ मिनेटमा पहिलो गोल गर्दै टिमालई सुरुवाती अग्रता दिलाए। मार्टिनेलीले २६ औ मिनेटमा टिमको अग्रता दोब्बर बनाउँदा तेस्रो गोल मार्टिन ओडेगार्डका नाममा रह्यो। उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए। तीनै गोलका लागि लिएन्ड्रो ट्रोसार्डले एसिस्ट गरेका थिए।
१० खेलाडीमा सिमित युनाइटेड साउथहेम्टनसँग रोकियो
आइतबार रातीनै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड भने साउथहेम्टनसँग गोलरहित बराबरीमा रोकियो। लिगको पुछारमा रहेको साउथहेम्टनले युनाइटेडसँग महत्वपूर्ण एक अङ्क खोस्न सफल भयो। कार्लोस अल्कारेजलाई गम्भिर फल गरेपछि क्यासिमेरोलाई भिएआरको सहयोगमा ३४ औ मिनेटमा सिंधै रातो कार्ड दिएर मैदानबाट बाहिर पठाउँदा पहिलो हाफमानै युनाइटेड १० खेलाडीमा सिमित भएको थियो। त्यसपछिपनि गोलका केहि राम्रा मौका चुकाउँदा तीन अङ्कबाट युनाइटेड बञ्चित भएको थियो। बराबरीपछि युनाइटेडको उपाधि होड कमजोर भएको छ।
आइतबारनै भएको अर्को खेलमा वेस्टह्याम र एस्टन भिल्लाले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन्। शनिबारको जित पछि आर्सनलले २७ खेलबाट ६६ अङ्क बनाएको छ। दोस्रो स्थानको सिटीको समान खेलबाट ६१ अङ्क रहेको छ। त्यस्तै तेस्रो स्थानको युनाइटेडको ५० अङ्क रहँदा चौंथो स्थानको टोटेनह्यामको ४८ अङ्क रहेको छ।


