काठमाडाैँ – पृथ्वी राजमार्गअन्तर्गत विमलनगरदेखि घाँसी कुवासम्मको पूर्वी सडकखण्ड १५ दिनसम्म दैनिक चार घण्टा पूर्णरुपमा बन्द गरिने भएको छ। यही फागुन २८ देखि चैत १२ गतेसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म दैनिक बन्द गर्न लागिएको हो। अत्यावश्यक सवारीसाधानबाहेक अन्य सवारीसाधनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए। जिल्ला सुरक्षा समितिको शुक्रबार बैठकले निर्णय गरेको हुँदा सम्बन्धित सबै सरोकारवालाको लागि सूचनामार्फत जानकारी गराइएको उनले बताए।
उक्त समय अवधिमा अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधन पूर्णरुपमा बन्द गरी सुरक्षित तरिकाले काम गर्ने गरी राजमार्ग बन्दको व्यवस्था मिलाइएको उनले बताए। रासस