काठमाडाैं । त्रि–चन्द्र बहुमुखी क्याम्पस, घण्टाघर, काठमाण्डौंमा मानवशास्त्र विषयमा एम.ए. प्रथम बर्षमा नयाँ भर्ना भएका विद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम यही फागुन २६ गते सम्पन्न भएको छ । ओरिएन्टेसन कार्यक्रमको अध्यक्षता गर्नु भएका त्रिचन्द्र क्याम्पस मानवशास्त्र विभाग एम.ए. कार्यक्रमका संयोजक डा. खड्ग नारायण श्रेष्ठले सम्पूर्ण विद्यार्थीहरुलाई स्वागत गर्नु भयो ।
उहाँले नयाँ विद्यार्थीहरुलाई अध्ययनमा सक्रियताका साथ सहभागि हुन आग्रह गर्दै अध्ययन अध्यापनको गुणस्तर बृद्धि गर्न सबै शिक्षक र विद्यार्थीले सहकार्य गर्नुपर्ने कुरामा जोड दिनु भयो । त्यस्तै विभागका सिनियर फ्याकल्टी होमराज दाहालले त्रिचन्द्र क्याम्पसमा मानवशास्त्र विषयको अध्ययन अध्यापनलाई प्रभावकारी बनाउन क्याम्पस प्रशासन र विभागले अत्यन्त सक्रियताका साथ काम गरिरहेको बताउनु भयो ।
कार्यक्रममा विभागका प्राध्यापकहरु राजेन्द्र कुमार पण्डित, रेवत खरेल, मिठु रेग्मी, टीका कैनी, सुजिन्द्र राई, श्रृजना थपलिया, श्रीराम सुवेदी र दामोदर त्रिपाठीले पहिलो समेस्टरमा अध्ययन गर्नु पर्ने विभिन्न विषयका सम्बन्धमा नयाँ विद्यार्थीहरुलाई ओरिएन्टेसन गर्नु भएको थियो । यस क्याम्पसमा सेमेस्टर प्रणाली अन्तर्गत विगत ४ वर्ष देखि मानवशास्त्र विषयको एम.ए कार्यक्रम सञ्चालन हुँदै आएको छ । यस कार्यक्रम अन्तर्गत पहिलो समेस्टरमा ४ वटा समेत गरी जम्मा १६ बटा कोर्षको अध्ययन अध्यापन हुने ब्यवस्था रहेको छ ।
यस मध्ये एउटा कोर्ष थेसिस रहेको छ । अन्तिम सेमेस्टरमा फिल्ड अनुसन्धानका आधारमा विद्यार्थीले १०० नम्वरको थेसिस तयार गर्नुपर्दछ । ओरिएन्टेसन कार्यक्रमको ब्यवस्थापन विगागका सदस्यहरु सहदेव गौतम, यज्ञमूर्ति आचार्य र असिम थापाले गर्नु भएको थियो । सो ओरिन्टेसन कार्यक्रममा नयाँ भर्ना भएका ४७ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा मानवशास्त्र विभागका प्रमुख अनुप राईज्यूको ममतामयी आमाको निधनको दुःखद्घडीमा एक मिनेट मौन धारण पनि गरिएको थियो ।
Department of Anthropology, Tri-Chandra Multiple Campus, Kathmandu, TU | Kathmandu | Facebook