शनि, कार्तिक २२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

करिब साढे ७ करोड सडकबत्तीको महसुल बक्यौता

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
करिब साढे ७ करोड सडकबत्तीको महसुल बक्यौता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रौतहट । नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाले सडकबत्तीको बक्यौता करिब साढे ७ करोड रुपैयाँ रहेको जनाएको छ । नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाअन्तर्गतका पाँचवटा नगरपालिकाको सडकबत्तीको महसुल बक्यौता रहेको हो । प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख धिरेन्द्र यादवका अनुसार चन्द्रपुर, गुजरा, वृन्दावन, गरुडा र फतुवा विजयपुर नगरपालिकाले सडकबत्ती बालेबापतको सो महसुल बक्यौता रहेको देखिएको हो । सबैभन्दा बढी चन्द्रपुर नगरपालिकाको १ करोड ९१ लख ५५ हजार ७६ रुपैयाँ बक्यौता देखिएको कार्यालय प्रमुख यादवले जानकारी दिए । यसैगरी, गुजरा नगरपालिकाको १ करोड ८७ लाख २३ हजार ६ सय ८६ रुपैयाँ, वृन्दावन नगरपालिकाको १ करोड ३० लाख २९ हजार ८ सय ३० रुपैयाँ, गरुडा नगरपालिकाको ७१ लख २२ हजार ३ सय ७१ रुपैयाँ र फतुवा विजयपुर नगरपालिकाको ८ लाख १५ हजार ९ सय ५८ रुपैयाँ गरी जम्मा ५ करोड ९६ लाख ४६ हजार ९ सय २२ रुपैयाँ सावा बाँकी रहेको प्रमुख यादवले जानकारी दिए । पाँच पालिकाको सो रकमको २५ प्रतिशत हर्जानासहित जम्मा ७ करोड ४५ लाख ५८ हजार ६ सय ५२ रुपैयाँ बक्यौता देखिएको वितरण प्रमुख यादवले बताए । सडकबत्तीको मात्रै सो रकम बक्यौतामा देखिएको उनको भनाइ छ । समयमै सो महसुल बुझाउन स्थानीय पालिकालाई आग्रह गरे पनि बुझाउन नआएको वितरण प्रमुख यादवले आग्रह जानकारी दिए । यता सडकबत्तीको महसुल बक्यौता तिर्न भन्दै नेपाल विद्युत् प्राधिकरणले देशभरका स्थानीय तहलाई सूचना जारी गरेको छ । नेपाल विद्युत् प्राधिकरणको विद्युत् महसुल बक्यौतामा ठूलो हिस्सा सडकबत्तीको रहेको छ । स्थानीय निकायले विद्युत् प्राधिकरणको सहमति नलिई आफूखुसी सडकबत्ती जडान गर्नेक्रम बढ्दो रहेको र सडकबत्तीको विद्युत्शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत् खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठूलो नोक्सानी व्यहोर्नुपरेको जनाएको छ । दोस्रो स्थानीय निर्वाचन २०७९ पछि देशभरका नगरपालिका र गाउँपालिका निकायले नेपाल विद्युत् प्राधिकरणको ऐनविपरीत हुकिङ गरी सडकबत्ती जडान गर्ने होडबाजी बढ्दै गएको प्राधिकरणको दाबी छ । सो बत्तीको विद्युत् शक्ति मापन हुन नसक्दा साथै मापन गरिएको विद्युत् खपतको समेत महसुल भुक्तानी बुझाउन बाँकीले प्राधिकरणले अत्यधिक मात्रामा नोक्सानी व्यहोर्नुपर्ने अवस्था आएकाले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडा कार्यालयमा प्राधिकरणले अत्यन्त जरुरी सूचना जारी गरेको छ ।

यो पनि पढ्नुहोस्

भूमि–विहीन नागरिकको समस्या सम्बोधन गर्न ध्यानाकर्षण

भूमि–विहीन नागरिकको समस्या सम्बोधन गर्न ध्यानाकर्षण

६ दिन अगाडि
कागतिहार मनाइँदै

कागतिहार मनाइँदै

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भोलिसम्म नाटक ‘खमारीः मौन संवाद’ हेर्न सकिने

देशव्यापी मतदाता नामावली संकलन जारी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अन्तरराष्ट्रिय रेडियोलोजी दिवस मनाँइदै

जिपको ठक्करबाट एक जनाको मृत्यु

राष्ट्रिय स्वतन्त्र पार्टीको बिस्तारित बैठक चितवनमा जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक