राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने फेरि एकपटक चर्चामा छन् । सर्वाेच्चकाे पूर्णपाठ सार्वजनिक भएसँगै रविलाई राहदानी प्रकरणमा पक्राउ गरि छानविन गर्न बाटो खुलेको भन्ने चर्चा चलेकाे छ । सर्वोच्चको आदेशबाट प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका तत्कालीन उपप्रधान एवं गृहमन्त्री लामिछाने अहिले चितवनमा चुनावी अभियानमा जुटिरहेकाे बेला आएकाे पूर्णपाठले उनलाइ अप्ठेराेमा पार्ने विज्ञहरूले बताउँछन् । लामिछानेलाई प्रहरीले राहदानी दुरुपयोगमा अदालतबाट तत्कालै पक्राउ पूर्जी जारी गरेर पक्राउ गरि अनुसन्धानको दायरामा ल्याउने बाटो खुलेको केही संविधानविद्हरुको भनाई छ ।
लामिछानेले अमेरिकी नागरिकता नत्याग्दै नेपाली राहदानी लिएर विदेश भ्रमणसमेत गरिसकेका थिए । लामिछानेले १० फागुन, २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट शुरुमा नागरिकताको प्रमाणपत्र लिएका थिए ।अमेरिका पुगेको उनले २१ फेब्रुअरी, २०१४ (तदनुसार ९ फागुन २०७०) मा त्यहाँको नागरिकता प्राप्त गरे । करिब तीन वर्षपछि ११ मे २०१५ (२८ वैशाख २०७२) मा उनी नेपाल फर्किए र १६ दिनपछि १३ जेठमा नेपाली पासपोर्ट लिएका थिए ।
कायम नभएको नेपाली नागरिकता देखाएर नेपाली राहदानी लिएर विदेश भ्रमण गरिसकेका लामिछाने उपर प्रहरीले राहदानी दुरुपयोग ऐनमा मुद्दा दर्ता गरेर अनुसन्धान गर्ने बाटो खुलेको प्रहरीले जनाएको छ । ‘लामिछानेले चुनावको सपना नदेखेपनि हुन्छ, उनले नेपालको संविधान र कानुन मिचेर जे गरे, अब गर्न सक्दैनन्, प्रहरीले चाह्यो भने भोलि नै राहदानी कसुरमा पक्राउ पूर्जी जारी गरेर कारबाही गर्नसक्छ ।’ एक पूर्वप्रहरीले बताए । लामिछानेले कायम नरहेको नागरिकता देखाएर झुट्टो विवरण देखाएर नेपाली राहदानी बनाउनु भनेकै कानुन विपरित भएको संविधानविद्को भनाईमा ती पूर्व प्रहरी प्रमुख पनि सहमति देखाउँछन् ।
राहदानी ऐनमा भएको व्यवस्थाअनुसार, त्यसको दुरुपयोग सम्बन्धी उजुरीमा सरकारी निकायले अनुसन्धान गर्न पाउँछ । अनुसन्धान अधिकारीले आवश्यक देखेमा तत्काल आरोपितलाई पक्राउ गर्न पाउने सुविधा समेत ऐनले दिएको छ । राहदानी ऐनमा भएको व्यवस्थाअनुसार, त्यसको दुरुपयोग सम्बन्धी उजुरीमा सरकारी निकायले अनुसन्धान गर्न पाउँछ । अनुसन्धान अधिकारीले आवश्यक देखेमा तत्काल आरोपितलाई पक्राउ गर्न पाउने सुविधा समेत ऐनले दिएको छ ।