काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला ८ सय रुपियाँ बढेको हो भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख १ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदी प्रतितोला १ हजार २ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।