आइत, मंसिर २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

सरकारको लाज छोप्ने लंगौटी नै च्यातिएको अवस्था !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
दलका नेताहरुलाई स्वतन्त्रता नपचेको हो त ? पूर्वराजाको सक्रिय बन्ने सन्देश !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

गत निर्वाचनमा कुनै पनि दलले बहुमत पाउन सकेनन्, जसको अर्थ थियो मुलुक फेरि एक पटक अस्थिरताको दलदलमा फस्ने । सरकार गठनको दुई महिनामै सत्ता गठबन्धनमा फेरबदल हुनुले त्यसलाई पुष्टि गरेको छ । राजनीति अस्थिर हुनुको अर्थ हो, देशमा देशीविदेशी प्रतिगामी शक्तिको चलखेल बढ्नु । र, यस्तो अवस्था आउनुले देशको सार्वभौमसत्ता र स्वाधीनतामा नै खतरामा पर्ने जोखिम बढ्ने पनि निश्चित हुन्छ । अहिले देशमा त्यही दृश्य सुरु भएको छ । यसको एउटा उदाहरण हो, मुस्ताङ जस्तो संवेदनशील क्षेत्रमा भारतीय लगानीमा बौद्ध कलेज स्थापनाको प्रयास । चीनसँगको सिमानामा पर्ने हिमाली जिल्ला मुस्ताङमा भारतीय लगानीमा बौद्ध कलेज स्थापना गर्न अहिले चलखेल सुरु भएको हो । त्यहाँका स्थानीय तहलाई प्रयोग गरी पहिला भारतीय दूतावासमा कलेज स्थापनाका लागि सहयोगसहित पत्र पठाउन लगाउने, भारतले पनि अनुदान रकम दिने घोषणा गर्ने र यसलाई वैधता सरकारले दिने चलखेल सुरु भएको छ ।
नेपाल स्वयं चीन र भारतजस्ता दुई ठूला राष्ट्रको बीचमा रहेको भौगोलिक महत्वको राष्ट्र हो । त्यसैले दुवै राष्ट्रले नेपालमा र विशेषगरी सीमा क्षेत्रमा आफ्नो देशविरुद्ध कुनै पनि गतिविधि नहोस् भनेर नेपालसमक्ष ध्यानाकर्षण गराउँदै आएको छ । नेपालले दुवै राष्ट्रको यो कमजोरीमा खेल्न खोज्नु कति घातक हुनसक्छ भन्ने हाल चलिरहेको रुस–युक्रेन युद्धलाई पनि लिन सकिन्छ । अमेरिका र पश्चिमा राष्ट्रको उक्साहटमा रुसविरुद्धको गतिविधि गर्दा युक्रेन अहिले ठूलो क्षतिको सामना गरिरहेको छ । त्यस्तै अवस्था अहिले नेपालमा पनि गर्न खोजिएको छ । नेपाली भूमिलाई प्रयोग गरेर कुनै पनि शक्ति राष्ट्रले छिमेकी देशविरुद्ध गतिविधि गर्ने अवस्थामा आएमा त्यसले नेपालको सार्वभौमिकतामै ठूलो असर पर्न सक्छ ।
अहिले बौद्ध कलेज स्थापना गर्ने भनिएको क्षेत्र पनि चीनसँगको सीमा क्षेत्रमा पर्छ । जसलाई कुनै बेलामा नेपाल सरकारले नै संवेदनशील क्षेत्र भनेर घोषणा गरेको थियो । त्यस्तो क्षेत्रमा स्थापना गरिने कलेजमा तिब्बती शरणार्थी र अन्य देशका विद्यार्थी राखिने तयारी छ । यो सरासर चीनलाई चिढ्याउने खेल हुन्छ । यसले नेपाल–चीनबीचको दशकौंदेखिको सुमधुर सम्बन्धमा दरार ल्याउने छ । अर्कोतर्फ मुस्ताङमा ठूलो परिमाणमा युरेनियमको भण्डार रहेको पनि विभिन्न समयको अध्ययनमा देखिएको छ । युरेनियम इन्धन र परमाणु हतियार बनाउन कच्चापदार्थको रुपमा प्रयोग गरिन्छ । अहिले कलेज स्थापनाको अर्को उद्देश्य त्यहाँको युरेनियममाथि कब्जा बढाउने उद्देश्य हो भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले नै खुलासा गरेका छन् ।
राजनीति अस्थिर भएसँगै आएको यस्तो खबरलाई सरकारले भने ढाकछोप गर्ने प्रयास गरेको छ । सरकारले कलेज स्थापनाको निर्णय नभइसकेको जनाएको छ । तर, भारतीय दूतावासले कलेज स्थापनाका लागि अनुदान रकम नै छुट्याइसक्नुले यो योजना धेरै अघि बढिसकेको स्पष्ट हुन्छ । जसलाई प्रचण्ड नेतृत्वको सरकारको ढाकछोपले मात्र ढाकिने अवस्था छैन । नेपाल जस्तो असंलग्न परराष्ट्र नीति लिएको मुलुकले यस्तो गतिविधिमा रोक लगाउन ढिलाइ गर्नु हुँदैन । नत्र नेपाल शक्तिराष्ट्रको चलखेल भूमि बन्ने निश्चित छ ।-आगे सबैलाई चेतना भया ! जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

१२ घण्टा अगाडि
कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

संसद पुनर्स्थापना नै समस्याको समाधान हो त ?

सङ्गीत बमले गरे रहस्यमय ‘द १३ कोड गेम अफ लुसिफर’को विषयमा तेस्रो पत्रकार सम्मेलन

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश

स्वास्थ्यमन्त्री सुधाबाट जेनजी समूहलाई अभिभावकत्व दिन सक्ने अपेक्षा !

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक