काठमाडौँ- राष्ट्रपति निर्वाचनको अघिल्लो दिन बेलुकी राजसंस्था स्थापनाको माग राख्दै राष्ट्रपति कार्यालय शीतलनिवासअगाडि राँके जुलुस प्रदर्शन गरिएको छ।
आफूलाई देशभक्त राष्ट्रवादी भन्ने समूहले बेलुकी करिब ८ बजे राजसंस्था स्थापनाको माग राख्दै राँके जुलुस प्रदर्शन गरेको थियो। प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले ‘गणतन्त्र धोका हो, देश बेच्न पाइँदैन, गणतन्त्र चाहिँदैन’ भन्दै नारा लगाएका थिए। सहभागीहरुका अनुसार उनीहरुको समूहले शीतलनिवासअगाडि नाराबाजी गर्दै राँके जुलुस प्रदर्शन गरेको हो।