बिहि, फाल्गुन ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

प्रचण्डमाथिको मुद्दाको माओवादी धाराबाट संयुक्त प्रतिवादबारे !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्डमाथिको मुद्दाको माओवादी धाराबाट संयुक्त प्रतिवादबारे !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-नारायण शर्मा,
अहिले जनयुद्धकालीन हत्या-हिंसा, लुटपाट र कुटपिट जस्ता गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनालाई लिएर सर्वोच्च अदालतमा प्रचण्ड माथि परेको रीटमा दुवै थरीको बहस हुने भएपछि के निर्णय हुने हो भन्नेमा आम नेपालीका कान ठाडा भएका छन् । तीमध्ये पनि प्रचण्डमाथि किटानी जाहेरी भै फौजदारी अपराधको मुद्दा परेकाले प्रचण्ड त अत्तालिएका छन् १ एकातिर त उनी आफू १२ बुँदे सहमतिदेखि नै औपचारिक रुपले वैदेशिक साम्राज्यवादी र विस्तारवादी तथा घरेलु संसदवादी प्रतिक्रियावादीहरुको संसर्ग, सहमति र सहकार्यमै रहेको र आफूले उनीहरुका एमसीसी , विप्पा, नागरिकता र सत्ता सहकार्यलगायतका थुप्रै स्वार्थ पूर्तिका कामहरु गरिदिएका हुनाले आफूसँग उनीहरु खुसी नै छन् भन्ने ठानेर आफू विरुद्ध सर्वोच्च अदालतले फैसला नगर्नेमा र नगराउन सकिने कुरामा ढुक्क जस्तै देखिन्छन् ! अर्कातिर केही समय पहिले देउवा र सिङ्गो नेकालाई र हालै राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा ओली र सिङ्गो एमालेलाई ठुल्ठुला धोका र धक्का दिएसँगै उनीहरु र उनीहरू सम्बद्ध शक्तिकेन्द्रहरुसँग अहिले दूरी झन् बढेको छ । पूर्व राजा ज्ञानेन्द्रसंग विगतमा गरेको भनिएको पाँच बुँदे सहमति उल्लंघन गरेर उन्लाई सत्ताच्यूत गरेकोले उनीसँग रहिरहेको दुश्मनी पनि त्यत्तिकै छ । वर्तमान व्यवस्था र आफू लगायतका नेता-शासकहरुबाट भए-गरेका राष्ट्रघाती, जन(वर्गघाती, जन-लोकतन्त्रघाती, जनजीविकाघाती र समग्रमा क्रान्तिघाती कुकर्महरुका कारण जनतामा उत्पन्न आक्रोश र प्रतिशोधले गर्दा बेलाबखत आफूमाथि जुत्ताप्रहार लगायतका आक्रमणका घटनाहरु पनि ताजै छन् । यस अतिरिक्त कतै कसैबाट प्रभावित भएर वा आफ्नै विवेक प्रयोग नगरेर अथवा संविधान र कानूनका धाराउपधारा र दफा-उपदफामा जान-अन्जानमा राखिएका प्रावधानका कारण आफू फसिने पो हो कि भन्ने डरले थुर-थुर छन् प्रचण्ड । सत्ता सुखभोगकै लागि भनेर विस्तारित, विकसित र विजयी बन्दै गैरहेको जनयुद्धलाई अब थेग्न सकिंदैन भन्ने बहाना बनाएर विसर्जन गरी आएको त बूढेसकालमा कतै जेलनेल परेर जेलमै सडिने पो हुने हो कि भनेर पूरै आतङ्कित र हतोत्साहित समेत भएका छन् `साहसी´ प्रचण्ड । त्यसैले उनले सत्तापक्षका नौ दल र माओवादी धाराका आठ दलहरुसँग गुनाहमिनाह र हारगुहार गरेर आफूलाई बचाउनको लागि अनुनय-विनय गरेका छन् १ यो मुद्दा प्रकरणले गर्दा शान्ति प्रकृया डिरेल अर्थात् भङ्ग हुने भो भने जनयुद्धकालीन हत्या-हिंसा, ध्वंश-विध्वंस, लुटपाट र कुटपिट गरेर आतंक मच्चाउँदै हुकुम-हैकम र हालीमुहाली चलाएको भनी आफूमाथि गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका फौजदारी अभियोग लाग्ने र त्यसको गम्भीर सजाय भोग्नुपर्ने होला कि भन्दै तिमिलाउँदै यसबाट बच्न अहिले प्रचण्ड माओवादी धाराका विभिन्न दलहरुसँग भएको आग्रह(पूर्वाग्रह र प्रतिशोध त्यागेजस्तो गरी साधु विरालो वा दलदलमा फसेको बूढो बाघको जस्तो गतिविधि गरिरहेका छन् ।
यसैक्रममा क्रान्तिकारी भनिएका माओवादी धाराका सबैजसो शक्तिहरुबाट थप एउटा विचित्रको भ्रान्तिकारी विडम्बना यो भएको छ कि प्रचण्डलाई मुद्दा लाग्यो भनेर प्रचण्डले `च्यो´ भन्दाबित्तिकै पुच्छर हल्लाउँदै तिनलाई जोगाउन प्रधानमन्त्री प्रचण्डको सरकारी निवास पुगे । यसरी उनीहरुले गोहीका आँशु चुहाएका मात्र हुन् कि साँच्व्है आफूहरुलाई यो नेतृत्वको हैसियतमा पुराएकोप्रति आभारी हुँदै मरते दम तक साथ दिन गएका हुन्, त्यो भने केहीपछि स्पष्ट होला । जे होला, हिजोसम्म तिनै प्रचण्डलाई गद्दार, धोकेवाज, विश्वासघाती, आत्मसमर्पणवादी र लम्पसारवादी प्रतिक्रान्तिकारी भन्दै आएका खाँटी क्रान्तिकारीहरु पनि अहिलेलाई प्रचण्डको रक्षाकवच बन्न बालुवाटार पुगेर प्रचण्डको स्वरमा स्वर र घोरमा घोर मिलाउँदै एकै स्वर-घोरमा गर्जिएका छन् ! उनीहरुले प्रचण्ड-बाबुरामहरुलाई कमसेकम यो भन्न सक्नुपर्थ्यो, यही दलाल पुँजीवादी प्रतिक्रियावादी सत्ताको फेरो समातेर यो मुद्दाको हल हुने र भएपनि जितिने र जितेपनि कम्युनिस्ट क्रान्ति सफल हुने होइन । यो कुरा १६ बर्षे शान्तिप्रकृयाका दौरानमा नेपालमा समेत हाम्रै पालामा पनि प्रमाणित भैसक्यो । प्रतिक्रियावादी सत्तामा प्रधानमन्त्री, मन्त्री र सांसद ९ सरकार र सदन० कब्जा गरेर मात्र पनि क्रान्ति हुन नसक्ने कुरा पुष्टि भयो । यो बाटो मालेमावादी नभएर मिलेराँवादी नै हो । निर्णायक त सडक हो र संघर्ष हो । तसर्थ सडक संघर्षको लागि सडकमै जुटौं १ हामी सडकछाप पार्टीहरुका अफिसमा जुटौं र हामी माओवादी लगायतका सबै कम्युनिस्ट, क्रान्तिकारी, देसभक्त र जनवादी(समाजवादी शक्तिहरु मिलेर एउटा भिन्न, नयाँ र निर्णायक आन्दोलनमा जाने गरी एउटा सन्सनीखेज सन्देश दिऔं ! यस्तो भन्न सक्नु पर्थ्यो प्रचण्ड-बाबुरामबाहेकका आफूलाई क्रान्तिकारी भन्ने माओवादीहरुले । त्यसो भन्न नसके पनि कम्तीमा प्रचण्डकै पार्टी ूमाकेकै कार्यालय पेरिस डाँडामा जुटौं, प्रतिक्रियावादी सरकारको केन्द्र त्यो बालुवाटारमा हुन्नू पनि भन्न नसकेर सबै क्रान्तिकारी भनिनेहरु गर्व र गौरवका साथ सरासर बालुवाटार गए । उनीहरुले प्रचण्डद्वारा बोलाइएका उपस्थितहरुलाई प्रचण्डकै दृष्टिले हेरे र सबै उपस्थित जतिलाई मात्र खाँटी जनयुद्धकारी देखे । उनीहरुले पनि प्रचण्डले जस्तै जनयुद्धका रणनीतिकार र फौजी योजनाकार एवं रोल्पा-रुकुमलाई जनयुद्धको आधार क्षेत्र बनाउने रामबहादुर थापा बादललगायतका जनयुद्धकै थालनीकर्ता सिनियर केन्द्रीय नेताहरु लोकेन्द्र विष्ट र कमलप्रसादलाई मात्र होइनस विगतमा जनयुद्धका विभिन्न मोर्चा सम्हालेका र अहिले पनि मालेमावादमा आधारित पार्टी-समूह निर्माण गरी आन्दोलनमा होमिएका राजन तिमिल्सिना, भर्खरैसम्म माओवादी केन्द्रका केन्रीय नेता रहँदै आउनुभएका हेमराज भण्डारी, रामकुमार लामा तथा नेकपा मालेमाकेन्द्र हुँदै हाल पार्टी एकताका क्रममा नेकपा रातो तारा पुनर्गठन गरी माओवाद र जनयुद्धका पक्षमा खुलेर लागेका लक्ष्मण उप्रेतीलगायतका कैयौं माओवादी शक्ति र व्यक्तिहरुलाई पनि देख्न सक्ने कुरै भएन । यसरी नै आज यी कुनै पार्टी नामका समूहमा नरहेर स्वतन्त्र र एक्लै भएर वा सानातिना मंच-अभियान आदि बनाएर पनि माओवाद, तत्कालीन माओवादी पार्टी, जनयुद्ध र यी सबैको औचित्य, आवश्यकता र महत्वका पक्षमा लेखेर, बोलेर मात्र होइन सडकमा उतृएर पनि सक्दो बहस र पैरवी गरिरहेका जनयुद्धकालीन माओवादी बुद्धिजीवी संगठनका केन्द्रीय अध्यक्ष प्राध्यापक रमेश शर्मा, वरिष्ठ माओवादी बुद्धिजीवी एवं स्थापित लेखक नरेन्द्रजङ्ग पिटर, वरिष्ठ मालेमावादी अभियन्ता शम्भु कटेल, भूमि देवकोटा, महादीप पोखरेल, रुक्म लामिछाने, पुष्कर गौतमलगायतका कैयौं हस्ति व्यक्तित्वहरुलाई प्रचण्ड र पेरिफेरिका यी माओवादी भनिनेहरुले देख्दैनन् । उनीहरुले सच्चा इमान्दार माओवादी क्रान्तिकारीहरुलाई देख्दै देखेनन् बरु देखेभने सायद यिनीहरुलाई प्रतिगमनकारी वा तिनका मतियार देखे तर जनयुद्ध शुरु गर्दा प्रचण्डबाटै फुटेका र भागेका अनि जनयुद्धको उपलब्धि खाने बेलामा फेरि प्रचण्डसँगै जुटेका र लागेका नारायणकाजी र आहुतीहरुलाई महान् माओवादी जनयुद्धकारी मानेर प्रचण्डले जे भने त्यसैमा ल्याप्चे ठोक्दै ती सबै एकताबद्ध भएर प्रतिवाद गर्ने निर्णय गरे । त्यो प्रतिवाद कसका विरुद्ध हो रु न्यायाधीश बबुरा विरुद्ध कि आफ्नै राज्यसंयन्त्र अदालत विरुद्ध रु उनीहरुले त्यो डङ्का पिटेका सायद धोका खाएर सत्ताच्युत गरिएका र एक्लिएका पूर्व राजा र वली विरुद्ध होला, जो उनीहरुको उही बासी रटान हो प्रतिगामी र प्रतिगमन विरुद्धको लडाइँ भन्ने १ मरिसकेको राजतन्त्र र प्रतिगमनको भूत देखाएर तर्साउने प्रचण्डको जादू र त्यसमा विश्वास गरी तर्सिने र प्रचण्डभन्दा बेग्लै जुट्न नसक्ने तर प्रचण्डसँगै टाँस्सिएर बस्न मन गर्ने माओवादी जनयुद्धकारीहरु प्रचण्डको मोहपासमा राम्रैसँग बाँधिएको देखियो !
जे होस्, सिङ्गो राज्यसत्ताको बागडोर समातेका ९ दल सबै र पूरै सडकमा रहेका सबैजसो माओवादी जनयुद्धकारी क्रान्तिकारीहरुको यो एकता र प्रतिवादको ब्रह्मास्त्र प्रयोग गरेर हुने यही हो कि प्रचण्ड-बाबुराम लगायतका केही माओवादी नेता-कमान्डरहरु मुद्दामुक्त हुन्छन् १ प्रचण्ड ढुक्कले प्रधानमन्त्री भैरहन्छन् र प्रतिक्रान्तिको नेतृत्व निर्वाधरुपले गर्दै राष्ट्रिय स्वाधीनताको व्यापार गरी देसलाई साम्राज्यवाद र विस्तारवादको आधारशिविर बनाउने हर्कत गरिरहन्छन् । समग्रमा यसको परिणाम यही हुन्छ कि यो प्रतिक्रियावादी सत्ता बरकरार रहने मात्र नभै वैदेशिक शक्तिकेन्द्रहरुको पपेट बन्न पुग्छ । फरक यत्ति होला कि यो सत्ता टिकाइदिए वाफत र वैदेशिक शक्तिकेन्द्रहरुलाई जानेर-नजानेर घुमाउरो तरिकाले यहाँ हुकुम-हैकम चलाउन दिए वाफत क्रान्तिकारी भनिने माओवादी नेता-कार्यकर्ताहरु निर्धक्कसँग खुला, शान्तिपूर्ण, वैधानिक, सहरिया र केही सीट जितिने सम्भावना भए सदन र सरकारमा जाने चुनावी संघर्षमा रमाउँदै संसदवाद र सुधारवादको रसास्वादन गर्नेछन् । यस्तै आशाले हिंजो यिनै शक्तिहरुमध्येका मूर्धन्यहरुले बाबुरामलाई प्रधानमन्त्री बनाउनको लागि ऐतिहासिक धोवीघाट भेला गरेका थिए । तर विडम्बना बाबुरामलाई प्रधानमन्त्रीको रुपमा सिंगारपटार गरेका भएपनि प्रचण्डले आफ्नै आत्मीय भाइलाई किन अरुको हातमा खेल्न दिन्थे र आफ्नै काखमा लिएर प्रधानमन्त्री बनाई नचाएपछि जिल्ल परेकाले होला अहिले यी दुवैलाई फुटाएर होइन जुटाएर र त्यसमा पनि प्रचण्डलाई नै अघि लगाएर मात्र प्राण धान्ने त्राण पाइएला भन्ने विश्वासमा परेजस्तो छ यी नयाँ खाँटी माओवादीहरु । अब त लाग्छ, यी क्रान्तिकारी भनिनेहरुको वास्तविक स्वरुपलाई क्रान्तिकारी पर्दारुपी फाटेको जालो र टालोले जति छोप्न खोजेपनि छोपिने छैन र सबै छर्लङ्ग देखिने छ ।

क्रान्तिकारी भन्नेहरुलाई यसरी घुमाई-फिराई यस्तो अवस्थामा पुराउन सक्ने प्रचण्डको चाल, जाल र ढाललाई मान्नै पर्छ भने प्रचण्डप्रति आग्रह, पूर्वाग्रह र प्रतिशोधको भावनाले प्रेरित भै राजनीति गरेका तर प्रचण्डको पेरिफेरिमा घुमिनैरहेका माओवादी उपग्रहहरुको गति, विधि, पद्धति र अनुशासन मान्ने यसरकारको सोझो र सपाट क्रान्तिकारी चिन्तन र चरित्रको लागि उनीहरुलाई पनि साधुवाद भन्नै पर्छ १ अन्यथा यत्रा होनहार छोराछोराहरुको काटी-काटी हत्या गरिंदा, जिउँदै जलाइँदा, बेपत्ता पारिंदा, आजीवन घाइते-अपाङ्ग हुँदा, पढ्न छोडी लड्न गए वाफत आज खाडीको ५० डिग्री माथिको गर्मीमा नरकको यातना सहेर काम गर्नुपर्दा र महिला दिदीबहिनीहरुलाई विदेसका कोठीहरुमा बेचिनुपर्दा अनि कैयौं नेता(कार्यकर्ता र जनसाधारणलाई समेत जेलनेल र हत्कडी मात्र होइन औंलाहरुमा पिन ठोकिंनेजस्ता अमानुसिक यातना दिंदा यी कसैको कुनै दुख नदेख्ने र एक जुट हुन आवश्यक नठान्ने नेताहरु आज आफूहरुलाई जेल जानुपर्ला कि भनेर एकजुट हुनुलाई कसरी हेर्ने र के भन्ने ? यदि उनीहरु बालुवाटार नगएको भए के हुन्थ्यो त ? कि त प्रचण्ड आन्तरिक रुपमा तत्काल मालेमावाद, कम्युनिस्ट नाम र झण्डा परित्याग गर्ने र बाह्यरुपमा क्एए, बौद्ध विश्वविद्यालय र युरेनियम जस्ता विषयलाई तुरुन्तै पास गरी द्यच्क्ष् लाई स्थगन गर्नेजस्ता विदेसीहरुका गुरुयोजनाहरु पूरा गर्ने बाचाबन्धन गर्थे र बच्थे । कि त भने गिनेचुनेका शक्तिशाली धोकेवाज नेताहरु जेल जाने वातावरण बन्दानबन्दै उनीहरु बाध्य भएर सडक संघर्षमा आउँथे र सम्पूर्ण माओवादी, क्रान्तिकारी, देशभक्त, वामपन्थी र सच्चा लोकतन्त्रवादी शक्ति र आम जनसमुदायहरु निर्णायक आन्दोलनमा उत्रन्थे । फलस्वरुप केही दुखकष्ट र क्षतिका साथ यो दलाल पुँजीवादी संसदीय व्यवस्थाको समूल नष्ट हुने र देसमा आमूल परिवर्तनको ढोका खुल्ने अवस्था बन्न सक्ने वातावरण बन्थ्यो । के यसो हुनु माओवादी जनयुद्धकारीहरुलाई नराम्रो हुन्थ्यो रु यदी नराम्रो हुन्थ्यो भने माओवादीका नाममा खाओवादी भएका, जनयुद्धको नाममा धनयुद्ध गरेका र क्रान्तिका नाममा भ्रान्ति छरेका सिमित स्वार्थी र संकीर्ण सोंचका शक्ति र व्यक्तिहरुलाई आफ्नो भ्रस्टाचार र लुटको स्वर्गमा भूकम्प आएर र भ्रान्तिको खेतीमा असिना परेर हुने क्षति अवश्य हुन्थ्यो, जो हुनै र गर्नै पर्ने राम्रो कुरा नै हुन्थ्यो !

तर के गर्नु र यति सद्बुद्धि र दूरदृष्टि हाम्रा नेताहरुको नभएर हो वा भएको बुद्धि भ्रष्ट र दृष्टि भ्रम भएर हो देस र जनताले अझै कतिसम्म यो भाँडभैलो र भद्रगोल सहनु पर्ने हो । भनिन्छ वेइमानी, वदमासी, वेथिति, विकृति र विसङ्गति वढेमा विष्फोट र विद्रोह अनिवार्य हुन्छ र त्यही विष्फोट र विद्रोहबाट क्रान्ति र मुक्ति जन्मन्छन् १ यसै दिशामा उन्मुख भै हेरौं, आशा गरौं, सक्दो लेखौं-बोलौं र लडौं(बढौं ! परिणाम स्वरुप ढिलोचाँडो, सोझोघुमाउरो र सजिलोअप्ठेरो गरी सच्चा क्रान्तिकारीहरु सबै एकताबद्ध हुने र अन्ततः थोरैधेरै सकारात्मक दिशामै आन्दोलन अगाडि बढ्नेछ र प्रसवपीडाका बिचबाट क्रान्तिरुपी बच्चा अवश्य जन्मनेछ । अस्तु ! (२५ फागुन २०७९, रानीवुँ ललितपुर)

यो पनि पढ्नुहोस्

No Content Available

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कृपया मतलाई दान नगर्नुहोस

नेता बालेन साहले एजेन्डा विहीन भन्नेहरूलाई जवाफ दिए

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कीर्तिपुरबाट नेकपा अध्यक्ष ऋषि कट्टेल पक्राउ

सार्वजनिक बिदामा पनि राहदानी सेवा जारी

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिबाट पार्टी परित्याग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक