बुध, मंसिर ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पोखरा आउने पर्यटकको बसाइँ लम्बाउन पहल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
पोखरा आउने पर्यटकको बसाइँ लम्बाउन पहल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला सङ्घ नेपाल ९टेवान०द्वारा आयोजित पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत बुधबार बेनीमा आयोजित कार्यक्रमका वक्ताले पोखरा आउने पर्यटकको बसाइँ लम्ब्याउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले म्याग्दीका सम्भावनालाईसमेत उजागर गर्नुपर्ने बताए ।
एक सय १३औँ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन प्रर्वद्धन कार्यक्रम लिएर पर्यटन व्यवसायी महिला संघ नेपाल ९टेवान० पोखराको टोली बुधबार म्याग्दीको बेनी आइपुगेको हो । जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले विगतमा भारतदेखि आएर म्याग्दीका तामाखानीबाट तामा लगेको इतिहास स्मरण गर्दै ती साधनस्रोतको उपयोग गर्नेतर्फ ध्यान नपुगेको बताए । म्याग्दीका छन्त्याल जातिले तामा उत्खननमा विज्ञता हासिल गरेको उनले बताए ।

बहुमूल्य बनस्पतिका लागि पनि म्याग्दी प्रख्यात रहेको उल्लेख गर्दै मुल्मीले अल्लोका साथै जापानी रुपैयाँ बनाउनका लागि प्रयोग गरिने अँगेरे म्याग्दीका विभिन्न स्थानमा पाइने बताए । समाजमा आर्थिक रुपान्तरणका लागि लाग्नु जरुरी रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि आर्थिक क्षमता अभिवृद्धि गर्नेतर्फ उद्यमशीलता विकास गर्नुपर्नेमा जोड दिए ।

टेवानका अध्यक्ष कमला गिरीले धार्मिक पर्यटकीय गन्तव्यका रुपमा म्याग्दीको विकास गर्नुपर्ने बताए । पर्यटनलगायतका क्षेत्रमा क्रियाशील महिलाको क्षमता अभिवृद्धि गर्नुपर्ने उल्लेख गर्दै उनले उद्यमशीलताका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए । म्याग्दी तथा मुस्ताङका व्यवसायी युवा तथा महिलाको क्षमता अभिवृद्धि कार्यक्रमसहित टेवानले यस क्षेत्रमा प्रवद्र्धन कार्यक्रम गर्न लागेको उनले बताए ।

पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले पोखरासँग म्याग्दीको पर्यटकीय सम्बन्ध जोड्नुपर्ने बताए । भएका पूर्वाधारको विकाससँगै प्रवद्र्धन र पर्यटन लक्षित कार्यक्रमलाई जोड दिँदै यहाँका स्थानीयको आयआर्जन बढाउनेतर्फ लाग्नु जरुरी रहेको उनको भनाइ थियो । “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेकाले म्याग्दी र मुस्ताङमा उत्पादन हुने आलु, स्याउ, सुन्तला, टिमुर, अल्लोका कपडा, फापरलगायतको अन्तर्राष्ट्रिय बजारीकरण आवश्यक छ”, उनले भने ।

टेवानको कार्यक्रमअन्तर्गत युवा तथा महिला उद्यमीलाई लक्षित गरी जोमसोम, ठिनी, उपल्लो मुस्ताङस्थित लोमन्थाङमा क्षमता अभिवृद्धि तालिम एवं अन्तक्र्रिया गर्दै नेपाल र चीनबीचको सीमा कोरला नाकासम्मको प्रवद्र्धन गरिने कार्यक्रम संयोजक शोभा अधिकारी पौडेलले जानकारी दिए । पोखरा घुम्न आउने पर्यटकको बसाइँ लम्बाउन म्याग्दी र मुस्ताङका गन्तब्य पहिचान गर्न पहल गर्ने कार्यक्रमको लक्ष्य रहेको छ ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसी र उपप्रमुख ज्योती लामिछानेले मुस्ताङ जान आउने पर्यटकको बेनीमा बसाइँ लम्बाउन बेनीकोत, लभ्लीहिल, पछै, जगन्नाथ, ज्यामरुककोट, रत्नेचौर, गलेश्वर, देवशिला उत्खनन् स्थल, तातोपानी कुण्डलगायत गन्तव्यको विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । रासस

यो पनि पढ्नुहोस्

सिमरा विमानस्थलमा तनाव बढेसँगै सबै उडान रद्द

सिमरा विमानस्थलमा तनाव बढेसँगै सबै उडान रद्द

२७ मिनेट अगाडि
बारामा एमालेका नेता–कार्यकर्ता र जेन–जीबीच  झडप

बारामा एमालेका नेता–कार्यकर्ता र जेन–जीबीच झडप

३० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एनपीएल दोस्रो संस्करणको पहिलो खेल काठमान्डु गोर्खाजले जित्याे

पुराना गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न अनुमति दिने

युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

हिमपात र शीत लहरकाे पूर्वतयारीका काम यथाशीघ्र गर्न निर्देशन

जथाभाबी एन्टिबायोटिक औषधीको प्रयोग नगर्न आग्रह

इमिरेट्स एयरलाइनले एकै पटक ६५ थान जहाज खरिद अर्डर

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक