सोम, चैत्र २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पुर्खाको सङ्गीत खोज्दै श्‍याम नेपाली

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
पुर्खाको सङ्गीत खोज्दै श्‍याम नेपाली
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कीर्तिपुर । हजुरबुबा कान्छा मगर नेपाली र बा रामशरण नेपाली तथा त्यसअघिका दशौँ पुस्ता । श्याम नेपालीको परिवारले सारङ्गी रेट्दै नेपाली सङ्गीतको सेवा गरिरहेको छ । त्यतिमात्र होइन, नयाँ पुस्ता अर्थात छोरा प्रिन्सले समेत सारङ्गीका तारहरूमा हात चलाएर सङ्गीतकै जीवनवृत्ति सुरु गरिसके ।

आधुनिक सुगम सङ्गीत र लोकप्रिय गीतहरूभन्दा फरक छ श्याम नेपालीहरूले बिताउन खोजेको साङ्गीतिक लय । देशका विभिन्न भागमा प्रेम, वीरता, वेदनाका कथा बोक्ने सारङ्गीको धुनलाई गन्धर्वहरूले निकै अघिदेखि जोगाउँदै आएका छन् । यही सङ्गीत परम्पराको डोरोलाई अहिलेको समयसँग समेत जोडेर व्यापक बनाउने ठूलो अभियान छ नेपालीको ।

यसै अभियानलाई ‘सारङ्गीको कीर्तिपुर घराना’ नामबाट अगाडि बढाउँदै छन् श्याम नेपाली । घरानाका रूपमा अघि बढाउने निष्कर्षमा पुग्नुको कारक भने फ्रान्सलगायत संसारका विभिन्न स्थानमा पुग्दा भेटिएका आफ्ना पुर्खाको सङ्गीत साधनासम्बन्धी सामग्री हुन् ।

सारङ्गीलाई चिनाउन विश्वका विभिन्न देश पुगेका श्यामलाई कतिपय स्थानमा पुग्दा त्यहाँका कतिपय संस्थाले उल्टो उनलाई आफ्ना पुर्खाको योगदानबारे चिनाइदियो । आफ्ना हजुरबुबाले राजा महेन्द्रसामु प्रस्तुत गरेको सारङ्गी वादन अरर्बाजा र त्यसैताका यसबारे गरेका थुप्रै खोज श्यामले फ्रान्सको लुभ्र सङ्ग्रहालयमा पाए । नर्वे घुम्ने बाबु रामशरण नेपाली र कीर्तिपुरमै लामो समय बिताएका झलकमान गन्धर्वका बारेमा ओस्लो विश्वविद्यालयमा गरिएको शोधपत्र भेटे।

त्यस्ता कुरा भेटेपछि श्याम नेपाली आफ्ना पुर्खाले सयौँ वर्ष लगाएर विकास गरेको मौलिक सारङ्गी धुनलाई सकेसम्म उस्तै रूपमा संरक्षण गर्नुपर्ने निष्कर्षमा पुगे । ‘हजुरबुबा र बाले बजाएका धुनभन्दा अहिलेका धुन निकै फरक हुँदा रहेछन् । उनीहरूकै सन्तति मेरोसमेत सारङ्गी वादनमा आधुनिकताले छोएको कुरा उहाँहरूको वादन राम्ररी सुन्न थालेपछि थाहा पाएँ’, उनले अनुभूति व्‍यक्त गरे ।

पुर्खाले सङ्गीतमार्फत समाचार भन्थे । आजका सञ्चारमाध्यमले जसरी कर्खामार्फत कुनै घटनाको कहिले राजाका कामको बयान त कहिले जनताका वेदना, कहिले युद्धको विवरण सारङ्गी रेट्दै घटनालाई प्रस्तुत गर्ने जमाना थियो त्यो । त्यसलाई खोजेर जगेर्ना गर्नुपर्ने दायित्व सङ्गीतप्रेमीहरूको भएको उनको भनाइ छ ।

तर यस्तो खोजबिनको काम धेरैको प्राथमिकतामा नपर्ने तर कसैले मेहनतपूर्वक खोजेर ल्याएको वस्तुलाई विभिन्न ढङ्गले प्रयोग गर्नचाहिँ खोज्ने प्रवृत्ति रहेको उनी बताउँछन् । ‘बोटबिरुवा रोप्न, गोडमेल गर्न र मल हाल्न धेरै जना अघि नै सर्दैनन् । फल पाकेपछि भने सबैलाई त्यही मन पर्छ’ उनी भन्छन् ।

जे होस्, आफ्नो क्षेत्रबाट हुनसक्ने जति खोज गरेर कीर्तिपुर घरानाको विकास गर्ने र त्यसको पहिचानलाई अगाडि बढाउने सोच उनको छ । यसका लागि आफू र सङ्गीतमै लागेका छोरा प्रिन्सले पहल गरिरहेको पनि उनले बताए । छोराले पुर्ख्यौली सङ्गीत शैलीलाई आनीछोइङ डोल्मा र न्ह्यू बज्राचार्यसँगको सहकार्यबाट केही आध्यात्मिकपन दिँदै गएका छन् ।

त्यसो त सारङ्गीलाई ‘ए यो त गन्धर्व बाजा हो’ भन्ने र हरेक दिन त्यस्तै टिप्पणीबाट होच्याउने र निरुत्साहित गर्ने प्रवृत्ति छ । आफू काठमाडौँबासी हुँदासमेत त्यस्तो व्यवहार हुन्छ भने गाउँतिर त झन् कस्तो होला ? उनको प्रश्न छ । गन्धर्व गीत भनेर हेपिएपछि राम्रा धुनहरू भने चोरीसमेत हुने गरेको अनुभव उनको छ ।

‘ए दाजु न समाऊ नारीमा…, भन्ने गीतको नक्कल गरियो, जसको सिर्जना हाम्रा पुर्खाले सारङ्गी रेटेरै गरेका थिए’, उनको भनाइ छ । सम्पदाका रूपमा रहेका मौलिक धुनलाई संरक्षण गर्नेभन्दा पनि पाएमा त्यसका व्यापारिक उद्देश्यका साथ प्रयोग गर्ने प्रवृत्ति हावी रहेको उनको निष्कर्ष छ ।

सारङ्गीलाई चिनाउन संसारका विभिन्न ठाउँ पुग्ने क्रममा हार्डवर्ड विश्वविद्यालयमा एक वर्ष बिताए श्याम नेपालीले । विश्वविद्यालय र त्यसअन्तर्गतका कलेजहरूमा नेपाली मौलिक बाजा, यसको धुनबारे फरक पृष्ठभूमिबाट आएका र नेपाल कहिल्यै नदेखेकालाई समेत सारङ्गीबारे बताउने अवसर पाए । आफ्नो त्यही अभियानमा छोराहरूको समेत साथ पाएका छन् ।

आफूले विकास गर्न र फैलाउन चाहेको कीर्तिपुर घराना भने सयौँ वर्ष अघिदेखि कीर्तिपुरमा बसेर पुर्खाले विकास गरेको धुनलाई सकेसम्म त्यसको मौलिकता बचाएरै आधुनिक युगसँग परिचित गराउने अभियान भएको भनाइ उनको छ । ‘पोखरा, प्युठान र भोजपुरजस्ता ठाउँमा बज्ने सारङ्गीभन्दा फरक छ, कीर्तिपुरको सारङ्गी वादन’, उनी थप्छन्।

धुनमात्र नभई त्यसले बोक्ने शब्दसमेत अर्थपूर्ण र इतिहास बोक्ने खालका छन् । तिनलाई दोहोरीको भाकाजस्तो आफूले चाहेको शब्द हालेर गाउन नसकिने उनी बताउँछन् ।
प्रकृति र इतिहास, पोखरामा बज्ने सारङ्गीको धुनमा गाइने गीत र कीर्तिपुरमा आफ्ना बाबुबाजेले गाउने गरेको गीतमा मुख्य दुई भिन्नता पाउँछन् श्‍याम नेपाली ।

आफ्ना पुर्खाले सारङ्गी रेट्दै गाएको गीतमा तत्कालीन शासक र व्यवस्थाभित्रका कथाव्यथा बढी भेटिने र पोखरातिरका गीतमा भने प्रकृतिको वयान भेटिने पनि उनको भनाइ छ । गन्धर्वहरूलाई गाउनका लागि निश्चित स्थान तोकिदिने र त्यसवापत जग्गा जमिन दिने चलनसमेत कुनै बेला थियो । त्यतिबेला छोराबाट नाति, नातिबाट पनाति हुँदै पुस्तान्तरण हुँदा एउटा विशेष शैलीको सारङ्गी वादन सिर्जना भएको छ । त्यसैलाई कीर्तिपुर घरानाको नाम दिइएको पनि उनी बताउँछन् ।

उतिबेला घराना नभनिए पनि आफ्नो परिवारले बजाउँदै आएको सारङ्गी वादन थुपै लोकप्रिय गीतमा प्रयोग भएको उनी दाबी गर्छन् । उदाहरणका लागि श्यामले बजाएको कर्ण दासको ‘पुरानो डुङ्गा…पानीको छाल…’, बोलको गीतमा प्रयोग भएको सारङ्गीको धुन ।

आनीछोइङको फूलको आँखामा….फूलै संसारमा पनि सारङ्गी प्रयोग भएको छ । ‘त्यस्ता थुप्रै गीतमा कीर्तिपुर घरानाको धुन बजेको छ’, उनी भन्छन्। त्यतिमात्र नभई विभिन्न एफएमका जिङ्गल र एनसेलको धुनमा समेत कीर्तिपुर घरानाको सारङ्गी बजेको छ ।

आफूभन्दा अघि पिताले त्यतिबेलाको चर्चित लोकगीत ‘घरबेटी नानी आँगनमा देऊ न मलाई बास …’ बोलमा पनि कीर्तिपुर घराना बजेको छ । एउटा परिवारले पुस्तौँ सङ्गीत अभ्यास गर्दा विकास भएको शैलीलाई घरानाको रूप दिएर नेपाली संस्कृतिमा एउटा आयाम थप्न खोजेको उनको भनाइ छ । यसलाई अगाडि बढाउन आफूले सकेसम्म प्रयास गर्ने उनी बताउँछन् । रासस

यो पनि पढ्नुहोस्

राष्ट्रिय सभाका अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच भेट

राष्ट्रिय सभाका अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच भेट

३ घण्टा अगाडि
विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले अभिमुखीकरण प्रशिक्षण दिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राजनीतिक थ्रिलर चलचित्र ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्ड जित्याे

बालेन शाहको उदय र नेपालको भविष्य

बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

रविविरुद्ध आज सुनुवाइ हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक