सोम, कार्तिक १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल विद्युत प्राधिकरणले इन्टरनेट तार काट्ने कार्यलाई निरन्तरता

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
नेपाल विद्युत प्राधिकरणले इन्टरनेट तार काट्ने कार्यलाई निरन्तरता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अदालतको आदेशलाई बेवास्ता गर्दै नेपाल विद्युत प्राधिकरणले इन्टरनेट तार काट्ने कार्यलाई निरन्तरता दिएको छ । गत १६ फागुनमा पाटन उच्च अदालतको संयुक्त इजलासले दिएको अन्तरिम आदेशको अलङ्घन गर्दै प्राधिकरणले काठमाडौं चक्रपथ क्षेत्रमा इन्टरनेटका तार काट्न थालेको हो ।

न्यायाधीश द्वय बालेन्द्र रुपाखेती र सुदर्शनराज पाण्डेको इजलासले सार्वजनिक सेवा तथा सुविधा सन्तुलनको दृष्टिबाट इन्टरनेट तार काट्ने, इन्टरनेट सेवा अवरुद्ध गर्ने कार्य नगर्नु नगराउनु भन्दै प्राधिकरणको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

इन्टरनेट सेवाको प्रकृति, सार्वजनिक संवेदनशीलतालाई विचार गर्दा इन्टरनेट सुविधा अवरुद्ध नभइ निरन्तर सेवा प्रवाह गर्नुपर्ने प्रकृतिको विषय देखिएको भन्दै अदालतले अन्तिम सुनुवाइ हुँदा ठहरे बमोजिम हुने गरी अन्तिम टुङ्गो नलागेसम्मका लागि सार्वजनिक सेवा तथा सुविधा सन्तुलनको हिसाबले उक्त आदेश जारी गरिएको बताइएको छ ।

यद्यपि पोल भाडा विवादको विषयलाई लिएर जारी अदालतको उक्त आदेश जारी भएको थियो । तर उता प्राधिकरणले भने मङ्गलबार एक सूचना प्रकाशित गर्दै आफ्ना विद्युत पोलहरूमा रहेका अव्यवस्थित र प्रयोगमा नरहेका इन्टरनेट तथा केबलका तारहरू नहटाए काटिदिने चेतावनी दिएको छ ।

यसरी तारहरू हटाउँदा हुनसक्ने नोक्सानीका लागि इन्टरनेट, केबल तथा दूरसञ्चार कम्पनी स्वयम् जिम्मेवार हुने चेतावनी प्राधिकरणले दिएको छ । प्राधिकरणले पोल भाडा तथा बाँकी रहेको शुल्कको विषय उल्लेख नगरी सहरी सुन्दरता र दुर्घटना न्यूनीकरणका लागि भन्दै तार काट्न थालेकाले अदालतको उक्त अन्तरिम आदेश आकर्षित हुने वा नहुने भन्ने विषय चाहिँ स्पष्ट छैन ।

उता ललितपुर महानगरपालिकाले समेत पुरातात्त्विक तथा धार्मिक क्षेत्रको सुन्दरताका लागि भन्दै इन्टरनेट तथा केबल तार काट्न थालेको छ । इन्टरनेट सेवाप्रदायकहरूले भने वैकल्पिक व्यवस्था गरेर मात्र इन्टरनेट तारहरू हटाउनुपर्ने माग राख्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

न्यायाधीशउपर महाभियोगको प्रक्रियामा अगाडि बढ्न उपयुक्त हुने

९ घण्टा अगाडि
नबिल बैंकले ११ प्रतिशत लाभांश घोषणा

नबिल बैंककाे खुद नाफा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कीर्तिपुरमा यस बर्ष अन्तिम पटक देखाइयाे देवी नाच (पूरा भिडियाे सहित)

जर्मनीको फ्याङ्कफर्ट शहरमा लुटपाट

रास्वपामा उम्मेदवार छनोट प्रक्रिया अघि बढ्याे

यस्ताे छ माैसम आज

गैरजिम्मेवार आदेश दिने व्यक्तिलाई कारबाही गर्न सरकारसँग माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक