पूर्वी नवलपरासी । नारायणी नदी किनारमा एक महिलाको बेवारिसे शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोती नगरपालिका वडा नम्बर १५ स्थित बाघखोर गाउँदेखि केही तल नदी किनारमा अन्दाजी ४५ वर्षीया एक महिलाको शव भेटिएको हो । महिलाको शव देखेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए ।
शव धेरै दिन पुरानो भएका कारण सडेको स्थानीयहरू बताउँछन् । जसकारण शव पहिचान गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ । बुधबार प्रहरीले शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाएको छ । साथै घटनाबारे अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।