आइत, फाल्गुन ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दै

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दैछ । नेपाल र घरेलु टोली प्यालेस्टाइनबीचको खेल फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।

केही समयअघि साफ यू-२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाल एसियन छनोटको पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्यमा छ ।

राष्ट्रिय टिमकै सदस्य प्रिती राईको कप्तानीम नेपाल मैदान उत्रनेछ । कप्तान राईले दोस्रो चरणमा पुग्नका लागि राम्रो प्रदर्शन गर्ने बताइन् ।

यस्तै प्रशिक्षक याम बहादुर गुरुङले नेपालले राम्रो प्रदर्शन गर्दै दोस्रो चरणमा छनोट हुने विश्वास व्यक्त गरे । पहिलो खेल घरेलु टोलीसँग भएपनि त्यसका लागि आफूहरु तयार रहेको गुरुङले बताए ।

नेपाली टोलीले पछिल्लो साढे दुई महिनादेखि तयारी गरिरहेको छ । यस बीचमा यू-२० साफ च्याम्पियनसिप पनि खेलेको थियो ।

प्यालेस्टाइनकी प्रशिक्षक गिना खानोफले छनोट प्रतियोगिताका लागि आफ्नो टिम तयार रहेको र अर्को चरणमा पुग्ने लक्ष्य रहेको सुनाइन् ।

समूह ‘बी’ मा यसअघि युएई पनि थियो र तर युएईले नाम फिर्ता लिएपछि तीन टोली मात्र छन् । नेपालले दोस्रो खेल मार्च १२ मा नर्दन मारियाना आइल्याण्डसँग खेल्नेछ ।

समूहको विजेता टोली दोस्रो चरणमा छनोट हुने छ। पहिलो चरणको छनोटबाट हरेक समूहको विजेता (८ टोली ) दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

दोस्रो चरणबाट ४ टिम फाइनल चरणमा छनोट हुनेछन् । दोस्रो चरणका खेलहरु जुन ३ देखि ११ सम्म हुनेछन् जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ ।

सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुने एएफसी यू-२० महिला एसियन कपमा आयोजक उज्वेकिस्तानसहित २०१९ मा भएको पछिल्लो संस्करणको विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टिम सिधै छनोट भइसकेका छन् ।

नेपाली टोली

गोलकिपर : कविता बिक, सावित्री किसन, लिला जोशी

डिफेण्डर : सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिला भुलान, दिव्या यास्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डर : तुलसा बोहरा, जेनिफर राना, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई, अन्जली मसामसी, सरस्वती हमाल, दिपा शाही

फरवार्ड : गरिमा राई, अमिसा कार्की, ममता पुन, सन्दिपा भोलान

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाकाे आसन्न निर्वाचनका लागि नागरिक करारपत्र सार्वजनिक

५ घण्टा अगाडि
किपू मंकाः धुकूको १२ औ बार्षिक साधारण सभा सम्पन्न (भिडियाेसहित)

किपू मंकाः धुकूको १२ औ बार्षिक साधारण सभा सम्पन्न (भिडियाेसहित)

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

मतदाता शिक्षा कार्यक्रम सुरु

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक