काठमाडौं । वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीलाई दोषी ठहर गर्दै ६ महिना कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ । औरोरा ह्युमन रिसोर्स प्रालिका सञ्चालकसमेत रहेका भण्डारीलाई वैदेशिक रोजगार कसूरमा न्यायाधिकरणले मंगलबार दोषी ठहर गरेको हो ।
यही मुद्दामा प्रेस सञ्चालक सञ्चालक शेरबहादुर महर्जनलाई ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना हुने न्यायाधिकरणको फैसला छ ।
न्यायाधिकरणका अध्यक्ष रमेशकुमार खत्री र सदस्यहरु निशा बानियाँ र गोपीचन्द्र भट्टराईको इजलासले उनीहरुलाई दोषि ठहर गरेको हो । यो मुद्दामा मतियारको रुपमा दाबी गरिएका प्रेसका कामदार मनिलकुमार महर्जनले भने सफाइ पाएका छन् ।
भण्डारीले दुबइस्थित रोजगारदाता कम्पनी ुटिम फर्निचरु को लट नं। ९२३३३ बाट ११ जना कामदार पठाउन वैदेशिक रोजगार विभागबाट स्वीकृति प्राप्त गर्दा नक्कली कागजात पेश गरेको कसुरमा मुद्दा परेको थियो । उक्त कागजात खडा गर्नका लागि प्रेस सञ्चालक महर्जनको समेत संलग्नता भएको ठहर गर्दै न्यायाधिकरणले उनीहरुलाई दोषि किटान गरेको हो ।
https://drive.google.com/file/d/1_ljdAjJ1d3jQqoVvYU21VKMBNLKf66NF/view