भक्तपुर । नेपाल मजदुर किसान पार्टीले राष्ट्रपति चुनावमा एमसीसी खारेज गर्न भूमिका खेल्नेलाई सघाउने जनाएको छ। नेमकिपाले यही ब्यहोराको चिठी लेखेर राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङलाई पठाएको छ ।
पार्टी सचिवसमेत रहेका प्रतिनिधिसभा सदस्य प्रेम सुवालले राष्ट्रपति चुनावमा एमसीसी खारेज गर्न भूमिका खेल्ने प्रतिबद्धता जनाउनेलाई मत दिने जनाएका छन् ।
उनले राष्ट्रपति उम्मेदवारहरूले भोट माग्ने मात्रै नभई प्रतिबद्धता आवश्यक भएको बताए । दुवै राष्ट्रपति उम्मेदवारहरू भोट माग्न मात्रै हिँडेको तर प्रतिबद्धता कुनै नआएको उनले सुनाए ।