आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बिरामीको पेटबाट निकालियो रक्सीको सिंगै बोतल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
बिरामीको पेटबाट निकालियो रक्सीको सिंगै बोतल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वीरगञ्ज – पेटभित्र पनि रक्सीको सिंगै बोतल पस्न सक्छ भनेर सुन्दा कसैलाई पनि अचम्म लाग्न सक्छ। तर, रौतहटका एक जना बिरामीको पेटभित्रबाट रक्सीको सिंगै बोतल रहेको भेटिएको छ। रौतहटको चन्द्रपुर नगरपालिका–१० बस्ने २६ वर्षीय नर्साद मन्सुरीको पेटबाट एटएटफोरएट नामक रक्सीको सिंगो बोतल नै शैल्यक्रिया गरेर डाक्टरले निकालेका छन्। आइतबार बिहान नुर्सादको पेट दुखेपछि उनका बुवाले स्थानीय क्लिनिकबाट औषधि किनेर खुवाएका थिए। तर, नुर्सादको पेट दुख्न कम नभएपछि सोमबार बिहान चन्द्रपुरमै रहेको चन्द्रपुर अस्पतालमा भर्ना गरियो। भर्ना गरिएपछि डाक्टरले एक्सरे गर्दा पेटभित्र सिंगो रक्सीको बोतल नै भएको पाएपछि थप उपचारका लागि भरतपुर अस्पतालमा लगिएको थियो। त्यहाँ डाक्टरहरूले अप्रेसन गरेर नुर्सादको पेटबाट रक्सीको सिंगो बोतल निकालेका छन्। बिरामीको अहिले भरतपुर अस्पतालमा आईसियुमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी उमाशंकर यादवले जानकारी दिए। यादवका अनुसार नर्सादको पेटभित्रबाट डाक्टरले शल्यक्रिया गरेर एटएटफोरएट नामक रक्सीको सिंगो बोतल निकालेका छन्। यद्यपि, बिरामीको पेटमा बोतल कसरी पुग्यो यसबारे थप अनुसन्धान भइरहेको उनले बताए। केही दिनअघि नर्साद चन्द्रपुर–१० बाल्चनपुरमै रहेको साथी मोहम्द समीरको ग्यारेजमा उनीसँगै बसेर रक्सी खाएका थिए। सोही क्रममा नुर्सादले रक्सीको बोतलमा पिसाब गरेर खुवाएको रिसमा समिरले गत शनिबार नुर्सादलाई बोलाई नशालु पदार्थ खुवाएर उनको मलद्वारभित्रबाट रक्सीको बोतल छिराइदिएका थिए। घटनाको विषयमा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। नुर्सादका साथीहरू भने फरार भएको तथा घटनाको सम्बन्धमा नुर्सादको पेटबाट एटएट फोर एटको बोतल निकालिएको डिएसपी यादवको भनाइ छ। उनले अनुसन्धान जारी रहेकाले अहिले नै विस्तृत जानकारी दिन नसकिने बताए। नुर्सादका साथीहरू भने फरार भएको तथा उनको अवस्था अचेत भएकाले अनुसन्धानमा केही ढिलाइ भइरहेको यादवले जानकारी दिए। ‘हिजो अचेत अवस्थामा एटएट फोर एटको क्वाटरको पातलो बोतल भन्या छ, अहिले बिरामी एलएस भरतपुर अस्पतालमा उपचारका क्रममा छ,’ उनले भने, ‘साथीहरू फरार छन्, उसको अवस्था अचेत छ, अनुसन्धान भइरहेको छ।’

यो पनि पढ्नुहोस्

गोरखामा राजविद्या शक्तिपीठ बन्दै

गोरखामा राजविद्या शक्तिपीठ बन्दै

१ महिना अगाडि
वस्तीकै कुण्डली भएको साँखुको ३३२६ औं स्थापना दिवस

वस्तीकै कुण्डली भएको साँखुको ३३२६ औं स्थापना दिवस

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

रास्वपाको सचिवालय बैठक आज बस्दै

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

४ हजार ६३१ सवारी दुर्घटना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक