काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
अधिवक्ता ज्ञानेन्द्रराज आरण र रामेछापका कल्याण बुढाथोकीले द्वन्द्वकालीन मुद्दालाई लिएर मंगलबार बिहान सर्वोच्चमा प्रचण्डविरुद्ध रिट दायर गरेका हुन्।
सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले रिट ०७९ Wo-९४७ नम्बरमा दर्ता भएको र भोलि नै पेशी तोकिएको जानकारी दिएका छन्।
गत शुक्रबार न्यायायाधीश ईश्वर खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले प्रचण्डविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो। प्रचण्डलाई पक्राउ गरी फौजदारी अभियोगमा छानबिन गरी कारवाही हुनुपर्ने आदेश माग गर्दै रिट परेको हो।
१ माघ २०७६ मा टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले युद्धमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिनसक्ने भाषण गरेका थिए। छ।