शनि, कार्तिक २२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

पेरुमा हजारौँ ‘सी लायन’को मृत्यु

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 mins read
0
पेरुमा हजारौँ ‘सी लायन’को मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पेरु । पेरुमा बर्ड फ्लुको सङ्क्रमणबाट हजारौँ समुद्री सिंह (सी लायन) को मृत्यु भएको त्यहाँको नेसनल सर्भिस अफ प्रोटेक्टेड एरियाज बाई स्टेटले जनाएको छ ।
एचफाइभएनवान् (H5N1) भनेर चिनिने एभियन फ्लु देशका विभिन्न जनावरहरूमा फैलिएको छ ।
सन् २०२२ को नोभेम्बरमा पहिलोपटक देशमा बर्ड फ्लु रिपोर्ट गरिएको थियो । संस्थाले हालसम्म भाइरसका कारण कम्तीमा ६३ हजार चराहरू मरिसकेको र अन्य जनावरहरू पनि मर्ने क्रम बढेको जनाएको छ ।
हालसम्म ३ हजार ४८७ वटा सी लायन मृत फेला परिसकेको छ । संस्थाका अनुसार यो पेरुको कूल सी लायनको जनसङ्ख्याको ३ प्रतिशत हो । ५ वटा फर सीलको पनि यसबाट मृत्यु भइसकेको बताइएको छ ।
पेरुका अधिकारीहरूले जंगली जनावरहरूसँगको सम्पर्क नबढाउन आग्रह गरेका छन् । पेरुका साथै अमेरिकामा बर्ड फ्लु फैलिएको छ । सन् २०२२ यता वैज्ञानिकहरूले १ सयभन्दा बढी चराचुरुङ्गीमा बर्ड फ्लु फैलिएको पत्ता लगाइसकेका छन् । त्यसबाहेक भालु, स्याल, डल्फिनमा पनि यो फेला परेको छ ।
केही मानिसहरूमा पनि यो फैलिएको पाइएको छ । गत महिना मात्र विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधानोम घेब्रेसियसले हालसम्म यो मानिसमा फैलिने सम्भावना कम रहे पनि ‘यही अवस्था लामो समयसम्म नरहन सक्ने’ चेतावनी दिएका थिए ।

यो पनि पढ्नुहोस्

दाङमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु

जिपको ठक्करबाट एक जनाको मृत्यु

८ घण्टा अगाडि
प्रादेशिक अस्पतालमा निःशुल्क उपलब्ध हुने औषधि अभाव

प्रादेशिक अस्पतालमा निःशुल्क उपलब्ध हुने औषधि अभाव

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भोलिसम्म नाटक ‘खमारीः मौन संवाद’ हेर्न सकिने

देशव्यापी मतदाता नामावली संकलन जारी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अन्तरराष्ट्रिय रेडियोलोजी दिवस मनाँइदै

जिपको ठक्करबाट एक जनाको मृत्यु

राष्ट्रिय स्वतन्त्र पार्टीको बिस्तारित बैठक चितवनमा जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक