आइत, मंसिर २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार समाज

पराशर क्षेत्र संरक्षणमा कठिनाइ

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
पराशर क्षेत्र संरक्षणमा कठिनाइ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

तनहुँ । धार्मिकस्थल महर्षि पराशर तपोभूमि एवं पराशर क्षेत्रको संरक्षणमा कठिनाइ भएको छ । दमौलीस्थित मादीसेतीको सङ्गमस्थल नजिकै यो क्षेत्र रहेको छ ।
धार्मिक क्षेत्रको संरक्षण गर्न कुनै पनि निकायले चासो नदिँदा पराशरको धार्मिक इतिहास भविष्यमा मेटिन सक्ने पराशर संरक्षण समितिका अध्यक्ष ताराप्रसाद श्रेष्ठले जानकारी दिए। उनका अनुसार यहाँ बनाइएका योजना पूरा गर्न कुनै पनि निकायले चासो नदिँदा समस्या परेको हो ।

“पराशर क्षेत्र मादी नदीको किनारमा रहेकाले बाढीपहिराको जोखिममा छ, यो ठाउँ सुरक्षित राख्न विभिन्न निकायसमक्ष सहयोगको अपिल गरिए पनि सहयोग नपाउँदा सकस भएको छ”, अध्यक्ष श्रेष्ठले भने। पराशर क्षेत्रका भौतिक संरचनाको संरक्षण गर्न मादी नदी किनारतर्फ पर्खाल र तारबार गर्न आवश्यक छ । “तर, यसको संरक्षणमा कुनै निकायको सहयोग छैन”, उनले भने ।

पराशर क्षेत्रमा महर्षि वेदव्यास वेदविद्याश्रम (गुरुकुल संस्कृत विद्यालय) सञ्चालन गरिएको छ । “गुरुकुलको माथिल्लो तल्लामा ध्यान कक्ष बनाएर यहाँबाट संस्कार, संस्कृति र नैतिक शिक्षा प्रदान गर्ने स्थल बनाउने उद्देश्य पूरा हुनसकेको छैन”, श्रेष्ठले भने । यहाँबाट दमौली तथा जिल्लाका बटुक बस्न तथा संस्कृत पठनपाठनका लागि नआउँदा यसको संरक्षण कठिन भएको बताइएको छ ।

सहज रुपमा पराशर पार्क पुग्न झोलुङ्गे पुल बनाइएको छ । पुलबाट दैनिक पर्यटकसँगै व्यास नगरपालिका–५ का पाटनवासीलाई दमौली बजारबाट सामान लिन आवतजावतमा सहज भएको छ । पराशर क्षेत्रको संरक्षण तथा पर्यटक आकर्षण गर्न पराशर क्षेत्रमा पार्क निर्माण थाले पनि अहिले अलपत्र छ । नगरपालिकाले सदरमुकाम दमौलीमा धार्मिक पर्यटक बढाउन पराशर पार्क निर्माण थालेको थियो । तर, अहिले काम अघि बढ्न सकेको छैन । चार वेद र १८ पुराणका रचयिता व्यासको पार्क नजिकै गुफामा जन्म भएको जनविश्वास छ । पराशर क्षेत्र परिसरमा नै सञ्चालनमा रहेको गुरुकुलसमेत पूर्णरुपमा बन्न सकेको छैन । RSS

यो पनि पढ्नुहोस्

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

१३ घण्टा अगाडि
कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

संसद पुनर्स्थापना नै समस्याको समाधान हो त ?

सङ्गीत बमले गरे रहस्यमय ‘द १३ कोड गेम अफ लुसिफर’को विषयमा तेस्रो पत्रकार सम्मेलन

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बर्दियामा गैँडा मृत फेला

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक